आजबाट कांग्रेसको वडा अधिवेशन सुरु

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १८ भदौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका अनुसार अधिवेशन आजबाट शुरु भएको हो ।

कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज भदौं १८ बाट देशभरीका सबै वडाहरुमा अधिवेशन गर्ने भनिएतापनि आज ४५ वटा जिल्लाका वार्डहरुमा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको क्रियासिल सदस्यताको विवरण ५६ वटा जिल्लाको अनलाईन मार्फत सार्वजनिक गरिएतापनि बाँकी २१ वटा जिल्लाको अझै टुंगो लाग्न बाँकी रहेको हुँदा ७७ वटै जिल्लाका सबै वार्डमा एउटै मितिमा चुनाव गर्न नसकिएको निर्वाचन परिचालन समितिले भनेको छ । त्यसैले बिगतमा झैं एकै दिन सबै वार्डमा अधिवेशन नहुने भएको हो ।

अब बाँकी जिल्लाका वार्डहरुमा कांग्रेसले गाउँ र नगर अधिवेशनको एक दिन अघि नै सम्पन्न गर्ने जनाएको छ । गाउँ÷नगरको अधिवेशन भदौं २७ गते यस अघि नै कांग्रेसले मिति तय गरेको छ ।

कांग्रेसको विधान अनुसार वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता रहनेछ । त्यहिबाट वडा कमिटी चयन हुनेछ । साथै सोही अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्ने व्यवस्था पनि रहेको छ । जो व्यक्तिलाई क्रियासिल सदस्यहरुले बढी मत दिन्छन् ऊ नै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछ ।

कांग्रेसको संशोधित विधान बमोजिम निर्वाचित क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछ भने क्षेत्रीय प्रतिनिधि निर्वाचन क्षेत्र (प्रदेश र प्रतिनिधिसभा) कमिटी चयनका लागि मतदाता हुनेछ ।

केन्द्रीय महाधिवेशनका लागि मतदाता रहने महाधिवेशन प्रतिनिधिको चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै निर्वाचित हुने पर्ने भएको हुँदा कांग्रेसमा वडा अधिवेशनलाई निक्कै महत्वपूर्ण मानिने गरेको छ ।

कांग्रेसको विधान अनुसार २०७६ फागुनमै महाधिवेशन हुनुपर्ने हो यद्यपी कोरोना संक्रमणसँगै महाधिवेशन पाँच वर्ष ६ महिनामा आजबाट सुरु हुन लागेको हो । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुने यस अघि नै तय भएको छ ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;