लुईटेलले आरम्भ कम्प्यूटर पसलको गरे शुभारम्भ

 लिम्बुवान न्युज
                       

दमक/झापा दमकका सफल व्यवसायी युवा ब्यवसायी रमेश लुईटेलले आरम्भ कम्यूटर पसलको शुभारम्भ गरेका छन् । पुराना ब्यवसायी भएपनि उनले नयाँ रुपमा आरम्भ ब्यवसाय शुरु गरेका हुन् ।

कम्प्यूटर तथा प्रविधिको क्षेत्रमा अब्बल ब्यवसायीको रुपमा पहिचान बनाईसकेका लुईटेलले दमक ६ थानारोड मेची सहकारी उत्तरमा आफ्नो ब्यवसाय आरम्भ गरेका छन् । २०६३ सालदेखि नेशनल कम्प्यूटरको नामबाट व्यवसाय शुरु गरेका उनले थप ब्यवस्थित रुपमा आरम्भ कम्यूटर पसल शुरु गरेको जनाएका छन् ।

बिहीबार दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले आरम्भको रिविन काटेर उद्घाटन गरेकाछन् । दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँई सहित वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु, दमक जेसिजका अध्यक्ष सुयोग खरेल लगायतले आरम्भको सफलताको शुभकामना दिएका छन् ।

एप्पल, डेल, एचपी, लेनेभो, एसर ब्राण्डका ल्यापटप तथा डेक्सटप, ब्रदर, इपसन क्यानोन ब्राण्डका फाटोकपी र प्रिन्टर मेसिन, सिसी क्यामरा, ब्याट्री इन्भटर, सामसुङ पानासोनिक ब्राण्डका एसी फ्रिज, टिभी, होम एप्लाईसेस लगायत विभिन्न इलेक्ट्रोनिक्सका सामानहरु एकै ठाँउमा पाईने संचालक लुँईटेलले बताए ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...