लिम्बुुवान भोलेन्टियर्सद्वारा कमलमा प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम

 लिम्बुवान न्युज
                       

 

केर्खा, १८ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स कमल गाउँ कमाण्डले एकदिन प्रशिक्षण तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार कमलको केर्खास्थित शहिद धर्मभक्त उच्च माविको सभाहलमा  आयोजित कार्यक्रममा मञ्चका प्रान्तीय महासचिव तथा भोलेन्टियर्सका केन्द्रीय कमाण्डर थाङसाङ् लावतीले कमाण्डरहरुलाई प्रशिक्षण समेत दिएका छन् ।

कमल गाउँपालिका स्तरीय भोलेन्टियर्सहरुको प्रशिक्षण कार्यक्रममा पालिकाका ५० जना विभिन्न तहका कमाण्डरहरुको उपस्थिति रहेको थियो । भोलेन्टियर्स लिम्बुवान मञ्चको मातहतको संगठन भएको हुँदा विनाबर्दीको स्वयमसेवक दस्ता भएको हूँदा लिम्बुवान भूमिको रक्षा र पहिचान सहितको संघीय सह–अस्तित्व, समावेशी समानुपातिक सहभागीताको सुनिश्चितताको लागि भोलेन्टियर्सले सधै खबरदारी गर्दै राजनीतिक योद्धाको रुपमा सधै लड्न सबै कमाण्डरहरुलाई प्रमुख प्रशिक्षक तथा एल.भी. कमाण्डर लावतीले प्रशिक्षणको क्रममा आग्रह गरेका छन् ।

आजको कार्यक्रममा कमल लगायत झापाका १५ जना कमाण्डरहरुलाई नियुक्ति प्रत्र प्रदान गरिएको छ । सिनियर फिल्ड कमाण्डरहरु सन्तोष मेन्याङबो, नवराज राई, दिपेन राई, जनम चेम्जोङ् रहेका छन् भने फिल्ड कमाण्डरहरुमा राजेन्द्र कुमार राई, शेर बहादुर कुरुम्बाङ, अम्बर बहादुर मावोहाङ, राम मावो, सन्जु मेन्याङबो, आस बहादुर केरुङ, विजु थेवे, देवेन्द्र सुब्बा, हिमाल लिम्बु, राजु माझी र सञ्जय सिगु रहेका छन् । उनीहरुलाई कार्यक्रमका अतिथिहरुको हातबाट नियुक्ति पत्र हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा मञ्चका प्रान्तीय उपमहासचिव दिल कुमार लावती, प्रान्तीय सचिवालय सदस्य बलनाथ नाल्बो, प्रान्तीय सदस्य तथा एल.भी. सिनीयर उपकमाण्डर सन्तोष तुम्बापो, युवा समाजवेवी विरेन्द्र याक्थुङ्बा सुवास लगायतले नवनिर्वाचित कमाण्डरहरुलाई बधाई दिएका थिए भने कार्यक्रममा मञ्चका सल्लाहकार अमर राई, प्रान्तीय सदस्यहरु प्रकाश नेम्बाङ, साजन मोते, सुर्य योक्पादङदेन, मनकुमार थलङ्, लिम्बुवान भोलेन्टियर्स सिनियर कमाण्डरहरु याम थेवे, सुमन सम्बाहाम्फे, जिल्ला सदस्य नरेन्द्र लावती लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम भोलेन्टियर्सका केन्द्रीय उपकमाण्डर बसन्त योङहाङको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य फिल्ड कमाण्डर माबोहाङ लिम्बु अमरले गरेका थिए । कार्यक्रमको संचालन एल.भी. फिल्ड कमाण्डर हिमाल लिम्बुको रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...