लिम्बुुवान भोलेन्टियर्सद्वारा कमलमा प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम

 लिम्बुवान न्युज
                       

 

केर्खा, १८ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स कमल गाउँ कमाण्डले एकदिन प्रशिक्षण तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार कमलको केर्खास्थित शहिद धर्मभक्त उच्च माविको सभाहलमा  आयोजित कार्यक्रममा मञ्चका प्रान्तीय महासचिव तथा भोलेन्टियर्सका केन्द्रीय कमाण्डर थाङसाङ् लावतीले कमाण्डरहरुलाई प्रशिक्षण समेत दिएका छन् ।

कमल गाउँपालिका स्तरीय भोलेन्टियर्सहरुको प्रशिक्षण कार्यक्रममा पालिकाका ५० जना विभिन्न तहका कमाण्डरहरुको उपस्थिति रहेको थियो । भोलेन्टियर्स लिम्बुवान मञ्चको मातहतको संगठन भएको हुँदा विनाबर्दीको स्वयमसेवक दस्ता भएको हूँदा लिम्बुवान भूमिको रक्षा र पहिचान सहितको संघीय सह–अस्तित्व, समावेशी समानुपातिक सहभागीताको सुनिश्चितताको लागि भोलेन्टियर्सले सधै खबरदारी गर्दै राजनीतिक योद्धाको रुपमा सधै लड्न सबै कमाण्डरहरुलाई प्रमुख प्रशिक्षक तथा एल.भी. कमाण्डर लावतीले प्रशिक्षणको क्रममा आग्रह गरेका छन् ।

आजको कार्यक्रममा कमल लगायत झापाका १५ जना कमाण्डरहरुलाई नियुक्ति प्रत्र प्रदान गरिएको छ । सिनियर फिल्ड कमाण्डरहरु सन्तोष मेन्याङबो, नवराज राई, दिपेन राई, जनम चेम्जोङ् रहेका छन् भने फिल्ड कमाण्डरहरुमा राजेन्द्र कुमार राई, शेर बहादुर कुरुम्बाङ, अम्बर बहादुर मावोहाङ, राम मावो, सन्जु मेन्याङबो, आस बहादुर केरुङ, विजु थेवे, देवेन्द्र सुब्बा, हिमाल लिम्बु, राजु माझी र सञ्जय सिगु रहेका छन् । उनीहरुलाई कार्यक्रमका अतिथिहरुको हातबाट नियुक्ति पत्र हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा मञ्चका प्रान्तीय उपमहासचिव दिल कुमार लावती, प्रान्तीय सचिवालय सदस्य बलनाथ नाल्बो, प्रान्तीय सदस्य तथा एल.भी. सिनीयर उपकमाण्डर सन्तोष तुम्बापो, युवा समाजवेवी विरेन्द्र याक्थुङ्बा सुवास लगायतले नवनिर्वाचित कमाण्डरहरुलाई बधाई दिएका थिए भने कार्यक्रममा मञ्चका सल्लाहकार अमर राई, प्रान्तीय सदस्यहरु प्रकाश नेम्बाङ, साजन मोते, सुर्य योक्पादङदेन, मनकुमार थलङ्, लिम्बुवान भोलेन्टियर्स सिनियर कमाण्डरहरु याम थेवे, सुमन सम्बाहाम्फे, जिल्ला सदस्य नरेन्द्र लावती लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम भोलेन्टियर्सका केन्द्रीय उपकमाण्डर बसन्त योङहाङको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य फिल्ड कमाण्डर माबोहाङ लिम्बु अमरले गरेका थिए । कार्यक्रमको संचालन एल.भी. फिल्ड कमाण्डर हिमाल लिम्बुको रहेको थियो ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...