याक्थुङ युवा मञ्च काठमाडौं अध्यक्षमा संगीता सुहाङ्

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १९ भदौं । याक्थुङ युवा मञ्च काठमाडौंको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमले संगीता सुहाङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको हो ।

शनिबार आयोजित उक्त कार्यक्रमले उपाध्यक्षमा असन योङहाङ र चन्द्रकला नेम्बाङ, सचिवमा विजय खुदाङ, सह–सचिवमा युवेस सुहाङ र कोषाध्यक्षमा धनेश्वर योङहाङ निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा सुर्य सेलिङ्, सन्जोग मादेन, सविता कुगेनाम्बा, एलिसा कुरुम्बाङ्, दिप्सन आङबो, सरिता खुदाङ, प्रकाश सुहाङ, रिजन लिम्बु, सन्जिव योङहाङ, सुरज मादेन र दर्शन लिवाङ् रहेका छन् ।

कार्यक्रममा याक्थुङ् युवा मञ्चका केन्द्रीय अध्यक्ष सुसन चोङबाङको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी चलचित्र निर्देशक तथा युवा व्यक्तित्व सागर केरुङ् र ललितपुर अध्यक्ष अरुणा मेन्याङ्बो, सुनिल आङबो लगायतले कार्यसमितिलाई बधाई दिएका छन् ।

कार्यक्रम मञ्चका काठमाडौं अध्यक्ष रितुराज तेयुङको सभाध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन विजय खुदाङको रहेको थियो भने स्वागत मन्तव्य संगीता सुहाङ्ले गरेकी थिइन् ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...