जनमुक्तिको छैठौं राष्ट्रिय महाधिवेशन धरानमा

 लिम्बुवान न्युज
                       

धरान । राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो छैठौं राष्ट्रिय महाधिवेशन सुनसरीको धरानमा गर्ने भएको छ । जनमुक्तिले भदौं २६ गते धरानको गीत भवनमा महाधिवेशनको उद्घाटन गर्ने जनाएको छ ।

महाधिवेशन सम्पर्क समितिका संयोजक प्रकाश येङ्देनका अनुसार उद्घाटन पश्चात २७ र २८ गते दुईदिनसम्म बन्दसत्र चल्ने छ भने यहि बन्दसत्रबाट नयाँ कार्य समिति चयन गरेर अगाडि बढ्ने बताए ।

वैकल्पिक शक्ति निर्माणका लागि जुटेको राष्ट्रिय जनमुक्ति पार्टी अधिराज्यभरिका ६४ जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षकको उपस्थिति रहनेछ ।

कोरोना कहरका कारण पटक–पटक सर्दै आएको महाधिवेशन यो पटक भने सम्पन्न गरेर नै जाने संघीय परिषदको ११ औं बैठकले निर्णय गरेको जनाएको छ ।

बैठकमा पूर्व राष्ट्रिय अध्यक्ष एमएस थापाले पार्टीले उठाएको मूलधारको बाटोलाई बढवा गरेर लगे पार्टी तथा कार्यकर्ताको भविष्य उज्वल रहने बताए । जातीय मुक्ति र हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधित्वको अस्त्र बोकेर अगाडि बढेको पार्टी भएको हुँदा लक्ष्यमा पुग्न सकिनेमा थापाले जोड दिए ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...