कियाचू तेह्रथुमद्वारा छात्रबृति अक्षयकोष पुरस्कार बितरण

 लिम्बुवान न्युज
                       

तेह्रथुम, २० भदौं । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला शाखाले छात्रवृति वितरण गरेको छ । आइतबार बिभिन्न शिर्षकको ८ वटा छात्रबृति अक्षयकोष मार्फत ७ जना बिद्यार्थीहरुलाई पुरस्कृत गरेको हो ।

किरात याक्थुङ चुम्लुङ शाखा मार्फत सञ्चालन हुने कुबेर पुर्नवती कन्दङवा स्मृती अक्षयकोषबाट सामुदायीक बिद्यालयमा अध्ययनरत २ जना बिद्यार्थीलाई जनही ३१ हजार १ सय ११ रुपैयाँले सम्मान गरेको छ ।

मचिन्द« मा.बि. सुदापका कक्षा १० मा अध्ययनरत साकिना लिम्बु र रत्न मा.बि सोल्माका कक्षा ९ मा अध्ययनरत छात्रा सबिता तेयुङ लिम्बुलाई जनही नगद ३१ हजार १ सय ११ रुपैयाका दरले ६२ हजार २ सय २२ रुपैया प्रदान गरिएको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष गणेश सेनहाङले बताएका छन् ।

यस्तै किरात याक्थुङ चुम्लुङ कल्याणकोष ईजरायल छात्रवृति मार्फत सरस्वति आधारभुत विद्यालयमा अध्यनरत रेनुका आपागाई र सिँहबाहिनी आधारभुत विद्यालय फेदाप १ का कोपीला लिम्बुलाई जनही नगद १० हजार प्रदान गरिएको छ । किरात याक्थुङ चुम्लुङ अक्षय कोष मार्फत सिहबाहिनी मा.बि. म्याङलुङ्मा अध्यनरत नमित तेयुङ लिम्बु र महेन्द« मा.बि. आठराईमा अध्यनरत सम्झना लिम्बुलाई जनही ४ हजार प्रदान गरिएको छ ।

यस्तै लिम्बु भाषा साहित्य, सास्कृतिक पुरस्कार डम्बर बहादुर तेयुङ लिम्बु, फममाया हुक्पा चोङबाङ तेयुङ लिम्बुको अक्षयकोषबाट छथर गाउँपालिका ४ का लिम्बु शिक्षक खिनराज ईमेहाङ लिम्बुलाई नगद ३० हजार ५ रुपैयाँ प्रदान गरिएको कियाचु शाखा तेह्रथुमका सहसचिब सेसेहाङ चोङबाङले बताए ।

पुरस्कार वितरण कार्यक्रमको अवसरमा प्रमुख अतिथि डम्बर बहादुर तेयुङ लिम्बु, फममाया हुक्पाचोङबाङ तेयुङ लिम्बु भाषा साहित्य, साँस्कृतिक अक्षयकोष दाता पुर्णकला तेयुङ लिम्बुले जिल्लामा भाषा संस्कृतीको संरक्षणका लागि स्थापना भएको संस्थाले बिद्यार्थीहरुलाई बार्षिक सहयोग गर्दा जिल्लाको शैक्षिक गुणस्तर सुधार र लिम्बु भाषा, साहित्य र संस्कृतिमा समेत संरक्षण हुने बिश्वास ब्यक्त गरेका थिए ।

३३औ किरात याक्थुङ चुम्लुङको बार्षिक उत्सबको अबसरमा स्थानीय भाषा संरक्षण गर्नुपर्ने भन्दै प्रमुख अथिति तेयुङले बताइन् । यस्तैगरी आदिबासी जनजाति माहासंघ तेह्रथुमका अध्यक्ष बलदेब तुम्बाहाङफे, राष्ट्रिय चुम्लुङका सदस्य कृष्णमान तुम्बाहाङफे, अभिभावकको तर्फबाट दुर्गधन तेयुङ, गंगालाल सेनेहाङ् र मचिन्द« मा.बि. सुदापका प्रधानाध्यापक नेत्र प्रसाद कटेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम किरात याक्थुङ चुम्लुङ शाखा तेह्रथुमका अध्यक्ष गणेश सेनेको अध्यक्षतामा सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...