इलाम नगर सभापतिमा सुसेलीको उम्मेद्धारी घोषणा

 लिम्बुवान न्युज
                       

इलाम । इलामका अग्रज पत्रकार सोम सुसेलीले इलाम नगरपालिकाको नगर सभापतीमा उम्मेद्धारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको आसन्न १४औँ महादिवेशनमा इलाम नगरपालिका वडा नम्वर ९बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित सुसेलीले इलाम नगरपालिकाको नगर सभापतिमा उम्मेद्धारी घोषणा गरेका हुन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्वर एकका निवर्तमान उपाध्यक्ष तथा पत्रकार महासंघ इलाम शाखाका संस्थापक सचिव समेत रहेका सुसेली पूर्व सभापति समेत हुन् । उनी २०४५ सालदेखी नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका छन् । कांग्रेसको लोकतान्त्रिक समाजवादमा निरन्तर यात्रा गरिरहेका सुसेलीको उम्मेद्वारीको इलाममा चर्चा शुरु भएको छ । उनी २०५३ साल देखी नेपाली कांग्रेसको क्रियाशिल सदस्य समेत रहेर काम गरिरहेका छन् ।

रेडियो नेपालवाणी एफएमका स्टेसन मेनेजर समेत रहेका सुसेली नेपाली कांग्रेसको बिभिन्न उपसमितिमा रहेर सक्रियता जनाउँदै आएका छन् । नेपाली कांग्रेस केन्द्रिय कार्य समितिले उनलाई कोभिड १९ को इलाम जिल्लाको सूचना संयोजकको पनि जिम्मेवारी दिएको छ । नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय समिति अन्तर्गतको अनुसन्धान तथा अनुगमन उप–समितिको समेत जिम्मेवारी सम्हालेका छन् ।

यस्तैगरी अहिले नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य तथा प्रदेश नम्वर एकका संयोजक समेत रहेका सुसेली यस अघि स्थानीय, प्रदेश र संघीय निर्वाचनमा नेपाली कांग्रेसको प्रचार समिति संयोजक भएर पनि काम गरेका छन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;