लिम्बुवान मञ्चको चुलाचुलीमा १ दिने प्रशिक्षण

 लिम्बुवान न्युज
                       

चुलाचुली, २१ भदाैं। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल चुलाचुली गाउँपालिकाले चुलाचुली ४ मा १ दिने राजनैतिक भेटघाट, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । मञ्चको प्रान्तीय महासचिव थाङसाङ् लावतीको प्रमुख आतिथ्यतामा चुलाचुली गाउँपालिकाले सो कार्यक्रमको आयोजना गरेको हो ।

आज बाटै चुलाचुली ३, ४ र ५ बाट क्रियासिल सदस्यता वितरण पनि मञ्चले शुरु गरेको छ । मञ्चका प्रान्तीय महासचिव लावतीले चुलाचुलीमा क्रियासिल कार्ड वितरणको शुभारम्भ समेत गरेका हुन् ।

प्रमुख अतिथि मञ्चका प्रान्तीय महासचिव लावतीले कार्यक्रमको ब्यानर पढेर उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले भने –‘मञ्चले शुरु गरेको पहिचानको मुद्दा स्थापित हुँदै गएको हुँदा अबको पहिचान पक्षको एक मात्र बैकल्पिक शक्तिको रुपमा संघीय मञ्च उभिएको छ ।’ जसपा जस्तो पहिचानको मुद्दा बोकेको पार्टी टुटफुटका कारण जनताहरु निराश भएका छन् ति जनताहरुमा थप उर्जा दिन मञ्चले मेची–महाकाली अभियान शुरु गरेको बताए । त्यसैगरी महासचिवले क्रियासिल कार्ड वितरणलाइ तिब्र बनाउन सबै नेताहरूलाइ अनुराेध गरेका छन् ।

यसैगरी कार्यक्रममा विशिष्ट अतिथि प्रान्तीय उपमहासचिव दिलकुमार लावतीले संघीयताले मात्र देश विकासको द्रुतगतिमा अघि बढ्ने भन्दै अब पनि जनताले संघीयताको पक्षमा अभिमत नदिने हो भने अझ ५० बर्ष यो देशमा कुनै परिवर्तन हुननसक्ने जिकीर गरे । उनले भने संघीयताले मात्र यहाँको सबै जाती, वर्गहरुलाई समानुपातिक समावेशीताको सिद्धान्त अनुसार अवसरहरु पाउने र देशमा भ्रष्टचार अन्त्य हुने बताए । जबसम्म सबै जाती वर्गहरुको सबै सरकारी निकायहरुमा प्रवेश हुँदै तबसम्म भ्रष्टचार ज्यूकोत्यूँ हुने बताए । पहिचान भनेकै सह–अस्तित्व हो तब मात्र देश समृद्धिको दिशा तर्फ उन्मुख हुने बताए । उनले मञ्चले आगामी पुषकाे दाेस्राे हप्तासम्ममा तेस्राे राष्ट्रिय महाधिवेशन गरिसक्न निर्वाचन आयाेगले निर्देशन दिइ सकेकाे हुँदा मञ्च तिब्र रूपमा प्रान्त, जिल्ला, क्षेत्र, नगर र गाउँपालिका त्यसैगरी वडा अधिवेशन र क्रियासिल सदस्यता वितरणमा सक्रिय भएकाे बताए ।

यसरी नै अर्का उपमहासचिव भानु भट्टराईले ‘मञ्चले चुलाचुलीमा स्थानीय सरकारको प्रतिनिधित्व गर्नुभनेको लिम्बुवानमा विरुवा रोपिनु हो अब यो विरुवाको बेर्ना नौ जिल्ला हुँदै खसानसम्म पु¥याउने कर्तव्य हाम्रो हो’ भने । विगतमा चुलाचुलीले सिंगो लिम्बुवान आन्दोलनमा अग्रणी भूमिका निभाएको हुँदा मञ्चले त्यसप्रति जहिले चुलाचुलीको सम्मान गर्ने बताए । यस्तै अर्का बक्ता प्रान्तीय सदस्य तथा चुलाचुली १ का वडाध्यक्ष पूर्ण लावती (ध्रुव)ले स्थानीय सरकारमा हाम्रो अपनत्व भएतापनि ठूलो दलहरुले सानो दललाई जहिले विभेद गर्ने बताए । विकास निर्माणको नाममा उपेक्षा गरिएको लावतीले बताए । स्थानीय सरकार मार्फत आउने विकास निर्माणमा समेत आफ्नो कार्यकर्ताहरुको घरघरमा सेवा सुविधा दिने जस्ता कामहरु अनुगमनको क्रममा पाइएको हुँदा । अहिलेको जस्तो प्रणालीको सरकारमा भ्रष्टचार कहिल्यै अन्त्य नहुने औल्याए ।

चुलाचुली वडा नं. ३, ४ र ५ लक्षित संयुक्त कार्यक्रममा मञ्चका प्रान्तीय सदस्य दिपक आङदेम्बे, पहिचान समिति तथा लिम्बुवान भोलेन्टियर्सका सिनियर कमाण्डर हाइजन लिम्बु, जिल्ला सदस्यहरु सञ्जय लिम्बु, सन्त राई, नरेन्द्र लेक्वा, दुर्गासिं योङ्या लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

लिम्बुवान मञ्च चुलाचुली अध्यक्ष विपीन योङयाको अध्यक्षतामा भएको कार्यक्रममा चुलाचुली ४ का वडाध्यक्ष अमृत राईले स्वागत मन्तव्य राखेका थिए । त्यसैगरी कार्यक्रम मञ्चका प्रान्तीय सदस्य सन्तोष तुम्बापोले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...