इलामका ५६ जना जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी)

,   लिम्बुवान न्युज
                       

इलाम, २१ । इलाममा दुई पालिका प्रमुखसहित ५६ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरि नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

इलाम जिल्लाको एक नगर प्रमुख, एक पालिका अध्यक्ष, १० वडाध्यक्ष, ४ जना कार्यापलिका सदस्य र बाँकी सदस्य गरी ५६ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन् । उनीहरुले सोमबार जिल्ला निर्वाचन कार्यालय इलामको कार्यालयल पुगेर एकीकृत समाजवादी पार्टीमा सनाखत गराएका हुन् ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचत क्षेत्रमा पर्ने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राई र जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराईली र जिल्ला समन्वय समिति सदस्य पूर्णबहादुर बस्नेतले नकपा एमाले त्यागेर नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा इलामका १० स्थानीय तहमध्ये ७ वटामा प्रमुख र ९ वटामा उपप्रमुख पद नेकपा एमालेले जितेको थियो । ७ जना प्रमुखमध्ये २ जनाले एकीकृत समाजवादी रोज्दा ५ जना भने एमालेमै रहेका छन् । त्यस्तै ९ उपप्रमुखमध्ये १ जनाले एकीकृत समाजवादी रोज्दा ८ जना एमालेमै रहेका छन् ।

त्यस्तै ८१ वडामध्ये ४४ मा एकल र ३ वटामा मिश्रित गरी ४७ वटामा वडाअध्यक्ष जितेको थियो । त्यसमध्ये १० जना वडा अध्यक्ष र बाँकीले एकीकृत समाजवादी रोजेका छन् ।

सूर्योदय नगरपालिकाका ८० प्रतिशतले रोजे एकीकृत समाजवादी

सूर्योदय नगरपालिकाका ८० प्रतिशत जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । सूर्योदयमा उपप्रमुख र एक वडा अध्यक्ष बाहेक सबैले एकीकृत समाजवादी रोजेका छन् । १४ वटा वडा रहेको सूर्योदयमा तत्कालिन एमालेले प्रमुख र उपप्रमुखसहित १० वटा वडामा जितेको थियो । जसमध्ये ९ वडाअध्यक्षले एकीकृत समाजवादी रोजेका हुन् । त्यस्तै ४ जना कार्यापालिका सदस्य र २९ जना वडा सदस्यले एकीकृत समाजवादी रोजेका हुन् ।

त्यस्तै माईजोगमाई गाउँपालिकाका अध्यक्षसहित एक वडा अध्यक्ष र ७ जना एकीकर्त समाजवादीमा लागेका छन् । ६ वटा वडा रहेको माईजोगमाईमा तत्कालिन एमालेले अध्यक्ष उपाध्यक्षसहित ४ वटा वडामा जित हात पारेको थियो । अन्य जनप्रतिनिध एमालेमै रहेका छन् ।

त्यस्तै सन्दकपुर गाउँपालिकाबाट वडा सदस्य हरि लुङ्गेली र देउमाई नगरपालिका ९ बाट वडा सदस्य हेमराज लिम्बूले एकीकृत समाजवादी रोजेका हुन् ।

एकीकृत समाजवादीमा सनाखतपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया सूर्योदयका प्रमुख रणबहादुर राईले १० बुँदे सहमति कार्यान्वयन गरे पार्टी एकता जोगाउन आफूहरु अधिकतम लचक भएपनि केन्द्रबाटै १० सहमतिको उल्लङ्घन भएपछि एककृत समाजवादीमा लाग्नुपरेको बताए । ‘हामीले १० बुँदे सहमति कार्यान्वयन गरेर एकता जोगाउनुपर्छ भनेका हौं । तर महासचिव इश्वर पोख्रेलले नै १० बुँदे सहमति कार्यानवयन गर्न नसकिने पटकपटक सार्वजनिक अभिव्यक्ति दिइरहनुभयो’ नगरप्रमुख राईले भने, ‘यसले सहमति कार्यान्वय हुने छाँटकाँट देखिएन । तसर्थ एकीकृत समाजवादीमा लाग्यौं ।’

सूर्योदय नरपालिकाका जनप्रतिनिधले सल्लाह गरेर नै एकीकृत समाजवादी रोजेको उल्लेख गर्दै राईले आगामी चुनावसम्म एकीकृत समाजवादीलाई देशको पहिलो शक्तिको रुपमा स्थापित गर्ने दावी गरे । माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईले पार्टी अध्यक्ष केपी ओलीले पटकपटक प्रतिनिधि सभा विद्धटन गरेर संविधानको हत्या गरेकाले उनको साथ छाडेको बताए । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि एकीकृत समाजवादीमा लागेको बताए ।

तत्कालिन एमाले समानान्तर कमिटिका अध्यक्ष भक्त केसीले सोही कमिटिलाई एकीकृत समाजवादीमा रुपान्तरण गरेर संगठन निर्माणमा लाग्ने बताए । ‘हामीले पहिले नै समानान्तर कमिटि बनाएका छौं । त्यसमा केही साथीहरु यताउता गर्नुभयो होला’ केसीले भने,’उहाँको ठाउँमा पदस्थापन गर्दै पार्टीलाई मजबुद गर्दै अगाडि बढाइनेछ ।’ पार्टीमा आन्तरिक कलह चुलिदैं गर्दा इलाममा केसीको अध्यक्षतामा ३ सय १ सदस्यीय एमालेको समानान्तर कमिटी गठन भएको थियो ।

एमाले विभाजन हुनुपुर्व माधव–झलनाथ समूहमा रहेका सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राई भने पार्टी विभाजनपछि एमालेमै रहेका छन् । त्यस्तै इलाम नगरपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिका फाकफोकथुम गाउँपालिका र रोङ गाउँपालिकाबाट निर्वाचित सबै जनप्रतिनिधि एमालेमै रहेका छन् ।

इलाम पूर्व प्रधानमन्त्री एवम तत्कालिन एमालेका अध्यक्ष झलनाथ खनाल र पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको जिल्ला हो । पार्टी विभाजनपछि झलनाथको क्षेत्रमा एकीकृत समाजवादीमा खुल्नेको संख्या बढ्दो छ । उता केपी ओली निकट नेम्बाङको क्षेत्रमा भने समाजवादीमा जानेहरुको संख्या नगन्य मात्र देखिएको छ ।

पार्टी विभाजन भएपछि नयाँ पार्टीमा जान चाहाने स्थानीय तहका जनप्रतिनिधिले भदौ २२ गते मंगलबारसम्म जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;