झापा एमालेमा विद्रोह ७ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

 लिम्बुवान न्युज
                       

झापा, २२ भदौ । झापा जिल्ला एमालेको लालकिल्ला मानिन्छ । सोमबारसम्म कुनै जनप्रतिनिधिले नयाँ पार्टी रोज्दैनन् भनेर ठोकुवा गर्दै हिडेका नेकपाका नेताहरुको मंगलबार भने बोलि बन्द भएको छ ।

झापामा १ वडाध्यक्ष सहित ७ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । शिवसताक्षी नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं. ७ का वडाअध्यक्ष नविन इजमसहित ७ जनप्रतिनिधिले नयाँ दल रोजेका हुन् ।

आज(मंगलरबार) अन्तिम दिन जिल्ला निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका हुन् । समय अझै बाकी रहेकाले यो सङ्ख्या बढन सक्ने एकीकृत समाजवादी निकट प्रेस संगठनका पत्रकार तीर्थ सिग्देलले बताए ।

समाजवादी रोजेर सनाखत गर्नेहरुमा जिल्ला समन्वय समिति सदस्य पदम लिम्बु, झापा गाउँपालिका वडा सदस्य ईश्वरी दाहाल, शिवसताक्षी ७ का वडाअध्यक्ष इजम, मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन, अर्जुनधारा ६ का वडासदस्य अर्जुन मेचे, अर्जुनधारा ३ का वडासदस्य होम दुलाल र भद्रपुर नपाका ९ का वडासदस्य कुन्जा रुचाल रहेका छन् ।

अन्ततः पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा एकीकृत समाजवादीमा जनप्रतिनिधि निल बनाउन सबैतीरबाट सक्दो कोसिस सफल हुन सकेन् । जानकारहरुको विश्लेषण अनुसार झापामा नेकपा एमालेमा ठूलै विद्रोह हुने सम्भावना रहेको वताउँछन् ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...