संखुवासभामा एकै परिवारका छ जनाको हत्याको मुख्य कारण पैसा हुन सक्ने आशंका

 लिम्बुवान न्युज
                       

काठमाडौं, २२ भदौ । संखुवासभाको मादी १ उमलिङमा एकै परिवारका छ जनाको हत्याको कारण पैसा हुनसक्ने निष्कर्षमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । पैसा लुट्ने उद्देश्यका साथ हत्या भएको निष्कर्ष नजिक प्रहरी पुगेको बुझिएको छ । तथ्य प्रणामहरु सबै संकलन गरेपछि मात्र प्रहरीले सार्वजनिक गर्ने जनाएको छ ।

२० भाद्रको राती मादी नगरपालिका १ स्थित उमलिङमा घरमुली ८५ वर्षीय बौदमान कार्की मात्र जिवित भेटिएका थिए । उनकी ८४ वर्षीया पत्नी पार्वती कार्की, ५२ वर्षका छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति वर्ष ८ का विपिन कार्की र पनातिनी वर्ष ५ की गोमा कार्की मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पार्वतीको शव घरमा नै फेला परेको थियो । तेजबहादुरको शव रोडको भित्तामा, कमला र रञ्जनाको शव खोलामा भेटिएको थियो । विपिन र गोमाको शव एक किलोमिटर टाढा बारीमा मृत फेला परेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वृद्धाको हत्या पछि छोराबुहारी र नातिनीबुहारीलाई नियन्त्रणमा लिएर टाढा लगी हत्या गरेको देखिएको छ । लुटेराहरुलाई मृतकले चिनेको र अपराध खुल्न सक्ने ठानेर हत्या गरेको हुनसक्ने अनुसन्धानले देखाएको प्रहरी स्रोतले बतायो । ८ वर्ष र ५ वर्षका बालबालिकाको पनि हत्या हुनुले नजिकका आफन्त वा चिनेजानेकाहरुतर्फ अनुसन्धानको सुई घुमेको बुझिएको छ ।

घरको अवस्था र पैसाबारे समेत सूचना पाएको समूहले हत्या गरेको हुनसक्ने देखिएको प्रहरी स्रोतले जनाएको छ । घटनामा धारिलो हतियारको प्रयोग भएको प्रहरीले जनाएको छ ।

कार्की परिवारले झापामा जग्गा किन्न बैना गरेको र केही दिनपछि जग्गा पास गर्ने सहमति समेत गरेको बुझिएको छ । जग्गा खरिदका लागि परिवार मिलेर ८० लाख रुपैयाँ संकलन गरेर ठिक्क परेका थिए । बैनावापत् केही रकम दिएर बाँकी रकम घरमै राखेको र त्यो सूचनाका आधारमा हत्या गरी लुटिएको हुनसक्ने आधारमा अनुसन्धान बढाइएको छ ।

प्रहरीको अनुसन्धान टोली संखुवासभाको उमलिङमा खटिएको छ । तालिमप्राप्त कुकुरहरुको समेत प्रयोग भएको छ । विभिन्न कोणबाट अनुसन्धान बढाइएकाले केही दिनमै खुल्नसक्ने बुझिएको छ । तर, प्रहरीले तथ्यप्रमाणहरु संकलन गरेपछि मात्र अपराधीलाई नियन्त्रणमा लिने गरी अनुसन्धान बढाएको बुझिएको छ ।

कार्की परिवारका दुई सदस्य वैदेशिक रोजगारीमा गएका छन् । नातिहरु दुईजना विदेशमा गएको र त्यो पैसाले तराई झर्न जग्गा खरिद गर्न लागेको बुझिएको छ । एकजना नातिको परिवार तराईमा बस्दै आएका थिए । अर्का नातिको परिवार बौद्धमान र छोराबुहारीसँगै संखुवासभामै थिए । (रिपाेर्टस नेपालबाट)

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...