कमेडी च्याम्पियन २ का प्रत्यासी भरतमणि पौडेलको गृह जिल्ला ताप्लेजुङमा भव्य स्वागत

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ्। कमेडी च्याम्पियन–२ को तीनका फाइनलिष्ट भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा आज भव्य स्वागत गरिएको छ । आज ताप्लेजुङ्मा स्थानीयले भव्य स्वागत गरेका थिए ।

ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल ¥यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाँजा र लिम्बु जातीको च्याब्रुङसहित भेषभूषामा सजिएका जिल्लावासीले पौडेललाई फुङ्लिङ् बजार परिक्रमा गराएको थिए ।

स्वागतमा फुङ्लिङ बजारका नागरिकले स्वःस्र्फूतरुपमा घरको अगाडि घँडा सजाएका थिए । कमेडी च्याम्पियन सिजनको दुई को उपाधि चुम्न सक्ने शुभकामना दिँदै ताप्लेजुङका नागरिकले फूलमाला, खाँदा र अबिर प्रदान गरेका थिए । पौडेलले काबेली बजारबाट आर्शिवाद लिँदै फुङलिङ बजार परिक्रमा गरेका थिए ।

कार्यक्रममा पौडेलले आफ्नो प्रस्तुती दिएको स्थानीय अभियन्ता मुक्साम लाबुङले बताए ।

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...