नेपाली कांग्रेस दमक नगरसभापतिमा त्रिपक्षीय भिडन्त हुने

 लिम्बुवान न्युज
                       

दमक, २४ भदौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा यतिबेला नेपाली कांग्रेस सभापति को बन्ने भनेर त्रिपक्षीय भिडन्त गर्न कांग्रेस मैदानमा उत्रिएका छन् । वर्तमान नगर सभापति रोशन विस्ट, युवा नेताहरु पर्शुराम रिजाल  र प्रकाश प्रसाई  नगरसभापतिकाे चुनावी मैदानमा उत्रिएका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा एक जना पनि जनप्रतिनिधि जित्न नसकेको कांग्रेस नगर सभापतिमा युवा नेताहरुकै वर्चश्व देखिन्छ । कांग्रेस दमकमा एक जना पनि जनप्रतिनिधि जित्न नसक्दा दमक नगरमा एमालेको राम्रो वर्चश्व रहेको छ । यस्तो अवस्थामा कांग्रेस नेताहरुलाई चुनौती पनि छन् । अब केही महिनामा नै स्थानीय चुनाव आउँदै गरेको अवस्थामा हुन गईरहेको अधिवेशनले भोलिको दिन कस्तो अवसर पार्न सक्छ भन्नेमा स्थानीय नेताहरु संयमित भएको देखिन्छ ।

नगरको १० वटै वडाहरुको अधिवेशन सकेपश्चात आगामी भाद्र २७ गते हुने नगर अधिवेशनमा यतिवेला नेताहरु केन्द्रित भएका छन् । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत झापाका सबै वडा अधिवेशन सम्पन्न भई क्षेत्रीय प्रतिनिधिहरु आफनो पक्षका धेरै भन्दा धेरै चयन गराउन सक्रिय समुह पालिकास्तरको नेतृत्व आ–आफनो पक्षमा ल्याउन कस्सिएको हो ।

झापाको दमकमा तीन समुह नगरस्तरीय पार्टी नेतृत्वका लागि रस्साकस्सीमा लागेको देखिन्छ । अघिल्लो १३ औं नगर अधिवेशनमा सभापतिका बलियो प्रत्यासीका रुपमा देखिएका नेविसंघ झापाका पूर्व सभापति समेत भइसकेका आफूलाई कांग्रेसमा सक्षम र सवल नेतृत्वको दाबी गर्दै आएका पर्शुराम रिजाल नेतृत्वको आंशिक समुह २२ भाद्रमा सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक भइसकेको छ ।

नगर नेतृत्वको दाबी गर्दै आएका अर्का प्रभावशाली मानिएका कांग्रेस दमक नगर समिति सचिवमा १३ औं अधिवेशनबाट लोकप्रिय मत पाएका प्रकाश प्रसाइँ नेतृत्वको समुहका पनि पदाधिकारीमा आशिंक उम्मेदवार फिक्स गरेर अन्य पदहरुमा सर्वसम्मत नेतृत्व चयनका लागि खाली राखेको बताइएको छ । सो समुह निकटस्थ एक नेताका अनुसार प्रसाइँ नेतृत्वको समुहले नगर उपसभापतिका लागि मिना कोइराला र युवराज खनाल (सागर) र सचिवमा नवराज ढकालको नाम फिक्स गरेको हो ।

रिजाल र प्रसाइँसंगै कांग्रेसमा नगर नेतृत्वको अभ्यास गरिसकेका वर्तमान नगर सभापति रोशन विष्ट पनि आफनो कार्यकालको समिक्षासहित सभापति दोहोरयाउने कसरतमा लागेका छन् । उनको समुहलाई पनि स्थानीय नेता कार्यकर्ताहरुको बलियो साथ र सहयोग रहेको दाबी समुहका नेताहरुले गरिरहेका छन । आफनो कार्यकालमा नगरका विभिन्न संघ संस्थाहरुमा पार्टीलाई विजयी गराउन सफल भएको, अक्षयकोष निर्माणको शुरुवात गरेको र पार्टीको पूर्व निर्धारित योजना अनुसार केन्द्रिय नेताहरुको उपस्थितिमा महत्वपूर्ण कार्यक्रमहरु गरेर पार्टी संगठनलाई चलायमान बनाएको दाबी विष्ट नेतृत्वको समुहले गर्दै एक पटक पुनः नेतृत्व गर्ने मौका पाउनु पर्ने तर्क कार्यकर्ताहरु माझ राखिरहेको छ ।

रिजाल र प्रसाइँ नेतृत्वको टिमले उम्मेदवारहरुको आंशिक नामावाली सार्वजनिक गरिरहँदा विष्टको समुहमा भने अहिलेसम्म वर्तमान नगर सहसचिव दिपेश दाहाल नगर सचिवको उम्मेदवारका रुपमा छन् । विष्ट नेतृत्वको समुहले पनि आज (बिहिबार) सम्ममा उम्मेदवारको तय गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...