एमसीसी परियोजनाकी उपाध्यक्ष सुमार आइपुगिन नेपाल, काठमाडौंमा सुरक्षा कडा

 लिम्बुवान न्युज
                       

काठमाडौँ । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाकी उपाध्यक्ष फातिमा सुमार नेपाल आइपुगेकी छन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा चारदिने भ्रमणमा उनी नेपाल आएकी हुन् ।

कतार एयरवेजमार्फत आएकी उनी काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा आज विहान ९ः२५ उत्रिएरको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । सुरक्षालाई ध्यानमा राख्दै उपाध्यक्ष सुमार लगायत भ्रमण टोलीमा रहेका सदस्यहरु विमानस्थलबाट सिधै कमलपोखरीस्थित मेरियट होटलमा गएका छन् । सुमारको भ्रमणमा विभिन्न दल र नागरिक समाजबाट विरोध प्रदर्शन हुनसक्ने आकलन गर्दै स्थानीय प्रशासनले काठमाडौंमा सुरक्षा व्यवस्थ कडा पारेको छ । उक्त रुटमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौंरले जनाएका छन् ।

‘एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्ने’ भन्दै एमसीसीले बुधबार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो । नेपालमा एमसीसी संसदबाट पारित गर्नु पर्ने भनिए पनि विवादित बनेको छ । नेपालमा एमसीसीको पक्ष विपक्ष दुईवटै पक्षमा उभिएको छ ।

सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न नसकेको हुँदा उपाध्यक्ष सुमारको आगमनलाई अर्थपूर्ण ढंगले हेरिएको छ । यद्यपी उनको आगमन र एमसीसीको विरोधमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

एमसीसीको विरोधमा विभिन्न राजनीतिक दल, विद्यार्थी संघ संगठनहरु, नागरिक समाज लगायतका संघसंगठनहरुले प्रदर्शन गर्न सक्ने भन्दै बिहीबार बिहानैदेखि सिनामंगल, थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गणको टोली परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...