फाकफोकथुमका थापाले गरे नेपाली कांग्रेसको आसन्न गाउँपालिका अधिवेशनमा सचिव पदमा उम्मेद्वारी घोषणा

 लिम्बुवान न्युज
                       

फाकफोकथुम । नेपाली कांग्रेसको १४औं महाधिवेशनको रौनक यतिबेला गाउँगाउँमा पुगेको छ । इलामको फाकफोकथुम गाउँपालिकाका युवा व्यवसायी नरेन्द्र थापाले फाकफोकथुमको सचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

देशव्यापी रुपमा आगामी भदौं २७ गते सम्पन्न हुने नगर र गाउँपालिका अधिवेशनमा फाकफोकथुम गाउँपालिकाको सचिव पदमा थापाले उम्मेद्वारी घोषणा गरेका हुन् ।

सचिवका प्रत्यासी थापा १२ र १३औं महाधिवेशनमा फाकफोकथुम ४ को वडासचिवमा दुई कार्यकाल निर्वाचित भई कुसलतापूर्व जिम्मेवारी वहन गरेका थिए । विभिन्न सामाजिक संघसंस्थामा समेत उत्तिकै क्रियासिल थापा हाल सिंहदेवी माध्यमिक विद्यालय फुएतप्पाका विद्यालय व्यवस्थापन समिति सदस्य समेत रहेका छन् ।

नेपाली कांग्रेस फाकफोकथुममा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । थापाले अध्यक्षका प्रत्यासी डिकबहादुर थापाको समूहबाट उम्मेद्वारी घोषणा गरेका छन् । सभापति पदका प्रत्यासी डिकबहादुर थापको समूहबाट उपसभापतिमा कमानसिङ लिम्बु र सुबास राई, सचिवमा नरेन्द्र थापा, सह–सचिव घनश्याम चम्लागाई त्यसैगरी सदस्यहरुमा सदस्य सुक्रराज थेगिम, सीता बराइली, रुपा तामाङ लगायत नेताहरुले उम्मेद्वारी घोषणा गरेका छन् ।

त्यसैगरी सभापतिका प्रत्यासी टेकबीर नेम्बाङ् र अर्का प्रत्यासीले अहिले नै आफ्नो प्यानल घोषणा गरेका छैनन् । यद्यपी उनीहरुपनि चुनावी मैदानमा उत्रिएको स्रोतले बताएको छ ।

नेपाली कांग्रेस फाकफोकथुम गाउँपालिकाबाट १७४ जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...