महासंघ पाँचथर शाखाको वेभसाइट सार्वजनिक, ८३ पत्रकारको सामूहिक दुर्घटना विमा

 लिम्बुवान न्युज
                       

फिदिम । नेपाल पत्रकार महासंघ, पाँचथर शाखाको आफ्नो वेभसाइट बिहीबार सार्वजनिक गरेको छ । फिदिम–१, फाल्गुनन्द चोकस्थित महासंघको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले वेभसाइटको उद्घाटन गरेका हुन् ।

महासंघ पाँचथरको अभिलेख, गतिबिधि लगायतका विभिन्न सामाग्री वेभसाइटमा राखिने शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले बताए ।

सार्वजनिक तथा भेटघाट कार्यक्रममा प्रमुख अतिथि नेम्बाङसँगै प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकाल, महासंघ, १ नं. प्रदेश समिति उपाध्यक्ष लवदेव ढुंगाना, प्रहरी नायव उपरिक्षक दानबहादुर थापा, सशस्त्र प्रहरी नायव उपरिक्षक किशोरकुमार श्रेष्ठ, शाखा पूर्व अध्यक्ष लेखनाथ खतिवडा र लक्ष्मी गौतमले शुभकामना मन्तब्य राखेका थिए ।

८३ पत्रकारको सामुहिक दुर्घटना बिमा

सोहि कार्यक्रममा नेपाल पत्रकार महासंघ, पाँचथर शाखामा आबद्ध ८३ जना पत्रकारको सामुहिक दुर्घटना बिमा गरिएको जानकारी दिइएको छ । प्रदेश–१, का पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको सहयोगमा शाखाका ८३ जना साधारण सदस्यको ७ लाख रुपैंयाँ बराबरको सामूहिक दुर्घटना बिमा गरिएको अध्यक्ष बाँस्कोटाले बताए । शाखाले काठमाण्डौंको अडोज इन्स्योरेन्ससँग बिमा सम्झौता गरेको जनाएको छ ।

आगामी दुई बर्ष ‘तालिम बर्ष’

वेभसाइट उद्घाटन समारोहकै अवसरमा नेपाल पत्रकार महासंघ, पाँचथर शाखाले आगामी दुई बर्ष ‘तालिम बर्ष’ घोषणा गरेको छ । महासंघले आगामी दुई बर्ष जिल्लाका पत्रकारहरुलाई विभिन्नखाले क्षमता अभिबृद्धि तालिम दिने शाखा सचिव रामचन्द्र तामाङले बताए ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...