प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिए

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले आजबाट आफ्नो पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्र्पति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा शर्माले औपचारिक रुपमा शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेना महारथीको दर्ज्यानी चिन्ह पाएका शर्माले बिहीबारदेखि सेनाको औपचारिक नेतृत्व सम्हालेका हुन् ।

शर्मा नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाको ४४औं प्रधानसेनापति बनेका हुन् । यसअघि साउन २४ गते शर्मा कायमुकायम प्रधानसेनापति बनेका थिए । प्रधानसेनापतिको कार्यकाल ३ वर्ष हुने प्रवाधान रहेको छ ।

नेपालमा हरेक ३ वर्षमा भदौ २४ गते नेपाली सेनाको नेतृत्व फेरिन्छ परम्परा रहेको छ । त्यसैगरी आफ्नो कार्यकाल सकिनु एक महिना अगाडि प्रधानसेनापति विदामा बिस्ने चलन रहेकोछ ।

नव नियुक्त प्रधानसेनापति शर्माले अब तीन वर्ष नेपाली सेनाको नेतृत्व गर्नेछन् ।

समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेर बहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिस्लिनाको उपस्थिति रहेको थियो ।

एक महिना विदामा बसेका यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन बर्षे कार्यकाल आजै सकिएको छ ।

 

 

 

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...