प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिए

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले आजबाट आफ्नो पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्र्पति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा शर्माले औपचारिक रुपमा शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेना महारथीको दर्ज्यानी चिन्ह पाएका शर्माले बिहीबारदेखि सेनाको औपचारिक नेतृत्व सम्हालेका हुन् ।

शर्मा नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाको ४४औं प्रधानसेनापति बनेका हुन् । यसअघि साउन २४ गते शर्मा कायमुकायम प्रधानसेनापति बनेका थिए । प्रधानसेनापतिको कार्यकाल ३ वर्ष हुने प्रवाधान रहेको छ ।

नेपालमा हरेक ३ वर्षमा भदौ २४ गते नेपाली सेनाको नेतृत्व फेरिन्छ परम्परा रहेको छ । त्यसैगरी आफ्नो कार्यकाल सकिनु एक महिना अगाडि प्रधानसेनापति विदामा बिस्ने चलन रहेकोछ ।

नव नियुक्त प्रधानसेनापति शर्माले अब तीन वर्ष नेपाली सेनाको नेतृत्व गर्नेछन् ।

समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेर बहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिस्लिनाको उपस्थिति रहेको थियो ।

एक महिना विदामा बसेका यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन बर्षे कार्यकाल आजै सकिएको छ ।

 

 

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...