लिम्बुवान मञ्च दमक ७ को अध्यक्षमा रविन राई निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, २५ भदौं । संघीय लिम्बुवान मञ्च, दमक नगर समिति अन्तर्गत वडा नंं ७ को अधिवेशन सम्पन्न भएको छ । शुक्रबार आयोजित अधिवेशनबाट रविन राईको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको हो ।

मञ्चका प्रान्तीय उपमहासचिव दिल कुमार लावतीको प्रमुख आतिथ्यतामा वडा नं. १ को श्रीपाली पुल दक्षिणमा वडा न.ं ७ को अधिवेशन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अधिवेशनले अध्यक्ष राईसँगै उपाध्यक्षमा दरबार सिं लिम्बु, सचिवमा पदम वेघा, सह–सचिवमा वीरबल पोमू, अर्थसचिवमा याम कुमारी लिम्बु,निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा दिप श्रीमत, सोनाम तामाङ्, कालुमान तामाङ्, गणेश बहादुर कमर, प्रेम न्यौपाने, दुर्गा घिमीरे, अमर माया लिम्बु, मिन कुमार तामाङ्, समिता पाठक, सविता लिम्बु, कमल भूजेल, कुमार रोक्का, रोसन सुन्दास, मिन बहादुर सुंगुर र मोहन योङहाङ रहेका छन् ।

त्यसैगरी आजै तीन सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । समितिको संयोजकमा अर्जुन फागो, सदस्यहरुमा जस बहादुर थेवे र श्याम भुजेल रहेका छन् ।

आज सम्पन्न वार्ड अधिवेशन कार्यक्रममा मञ्चका प्रान्तीय सचिव धनराज सुब्बा, पहिचान सदस्य मनकुमार थलङ्, जिल्ला सदस्य जयप्रकाश धिमाल, दमक नगर अध्यक्ष याम लिम्बु, ब.उपाध्यक्ष सन्त चेम्जोङ्, कमल अध्यक्ष अमर माबोहाङ, नगरउपाध्यक्ष पञ्चवीर राई त्यसैगरी वडा नं. १ का अध्यक्ष उदय तुम्रोक, ५ का समीर केरुङ् र ३ का राज सिसाम लिम्बुले मन्तव्य राखेका थिए ।

कार्यक्रम वडा नं. ७ का अध्यक्ष अर्जुन लिम्बुको अध्यक्षतामा भएको थियो त्यसैगरी स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष सन्त चेम्जोङ्ले राखेका थिए भने कार्यक्रम संचालन नगर सचिव सुख बहादुर सोदेम्बाले गरेका थिए । कार्यक्रममा नवनिर्वाचित वडाध्यक्ष रविन राईले आफ्नो कार्यकाल सफलतापूर्व सम्पन्न गर्ने प्रतिबद्धता सहित मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...