‘युप्पारुङ्’ क्वालिटी इन्टरटेट्मेन्ट अवार्ड २०७८ को टप फाइभमा

 लिम्बुवान न्युज
                       

काठमाडौ । लिम्बु भाषाको म्युजिक भिडियो “युप्पारुङ” क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को टप फाइभमा मनोनयन भएको छ । क्वालिटी फिल्मस प्रा.लि.द्वारा आयोजित अवार्डमा “युप्पारुङ्” भिडियो उत्कृष्ट निर्देशनको मनोनयनमा परेको हो ।

भिडियोलाई निर्देशन गरेका निर्देशक सागर केरुङले उक्त मनोनयन पत्र पाएका हुन् । विशेष गरेर लिम्बु भाषा, साहित्य प्रति औधी रुचाउने केरुङ् पछिल्लो समयमा लिम्बु चलचित्र, लिम्बु गीत लगायत कलाकारितासँगै उत्कृष्ट निर्देशकको रुपमा दर्शक स्रोतहरुले मन पराएका छन् ।

प्रेम पन्धाकको शब्द÷संगीतमा सुनिता सुब्बा र किरन येक्तेनको स्वर रहेको छ । चन्द्रकला साँवाको निर्माण रहेको उक्त म्युजिक भिडियोमा अमृता लिम्बू जबेगु र आदर्श आङ्देम्बेले अभिनय गरेका छन भने सञ्जय आचार्यको छायांकन÷सम्पादन रहेको छ ।

क्वालिटी फिल्म्सका प्रवन्ध निर्देशक तथा अवार्ड कमिटीका अध्यक्ष उमेश गुरुङअनुसार आगामी असोज पहिलो साता अवार्ड समारोहको आयोजना हुने छ भने समारोहमा वरिष्ठ चलचित्र लेखक, निर्देशक तथा कलाकार तुलसी घिमिरेलाई क्वालिटी इन्टरटेनमेन्ट लाइफटाइम एचिभमेन्ट अवार्ड र म्युजिक डायरी मासिक तथा ईम्युजिकडायरी अनलाइनका सम्पादक तुलसी गिरी ‘भावुक’ लाई क्वालिटी इन्टरटेनमेन्ट रङ्ग पत्रकारिता पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...