लिम्बुवानी जनजागरण गीत ‘लि?हानेर आर्जेको’ अडियो सार्वजनिक
शनिबार, २६ भदौ, २०७८ रातीको ०९:३५ बजे,
लिम्बुवान न्युज
लिम्बुवानखबर, २६ भदौं । लिम्बुवानी जनजागरण गीत ‘लि?हानेर आर्जेको’ बोलेको अडियो गीत सार्वजनिक भएको छ । बहुप्रतिभाका धनी निर्देशक, कलाकार, लेखक, साहित्यकार तथा गीतकार सागर केरुङको शव्द तथा संगीतमा सजिएको जनजागरण गीतको अडियो युट्युबबाट सार्वजनिक गरिएको हो ।
गायक तथा संगीतकार मनी ताम्लिङ र गायिका बबिना राईको सुमधुर आवाजमा सजिएको लिम्बुवानको जागरणमूलक गीत ‘लि?हानेर आर्जेको’ याक्थुङ फिल्मस युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
ओपेरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको मनी ताम्लिङ्ले संगीत संयोजन तथा मिक्सिङ गरेका हुन् ।
उक्त गीतलाई समाजसेवी मीना केरुङ, देउमान आङ्बो, देवि थेगुवा लिम्बू, अमिर लावती लिम्बु, आवाज लेक्वा लिम्बू, तुलसी लिम्बू, खगेन नेम्बाङ, युदिप याङ्देम्बा नेम्बाङ र बिनिता मादेनले संयुक्त लगानीमा निर्माण गरेका हुन् । गीतको चाडै नै भिडियो सार्वजनिक गर्ने गीतकार तथा संगीतकार केरुङ्ले बताए ।
ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...
ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...
काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...
बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...