शिवसताक्षी ११ मा लिम्बुवान भोलेन्टियर्स प्राइमरी कमाण्ड गठन

,   लिम्बुवान न्युज
                       

शिवसताक्षी । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स जिल्ला कमाण्डले शिवसताक्षी ११ मा वडा कमाण्ड गठन गरेको छ । मञ्चका प्रान्तीय सदस्य जसकुमार तामाङकाे प्रमुख आतिथ्यतामा वडा ११ स्थित विहानी प्रतिभा जमाको सभाहलमा कमाण्ड गठन भएको हो ।

शिवसताक्षी ११ वडाको प्राइमरी कमाण्डरमा सनम लिम्बु, सेल कमाण्डरमा पुरन लिम्बु र एल.भी.हरुमा कुमार श्रेष्ठ, आयुस लिम्बु, राजेश लिम्बु, निशान लिम्बु, सौगात लिम्बु, रोशन लिम्बु र अनिश मगर रहेका छन्

कार्यक्रमका प्रमुख अतिथि तामाङ्ले नव गठित वडा कमाण्डमा निर्वाचित सम्पूर्णलाई बधाइ तथा शुभकामना व्यक्त गरेको छन् । त्यसैगरी कार्यक्रमका अतिथि लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सिनियर कमाण्डर सुमन सम्बाहाम्फेले कमाण्डलाई आगामी दिन निरन्तर पहिचान र संघीयता रक्षाको लागि लड्न आग्रह गरेका छन् ।

कार्यक्रम झापा जिल्ला फिल्ड कमाण्डर जनम चेम्जोङ्को अध्यक्षतामा भएको थियो ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;