संखुवासभा हत्याकाण्डका आरोपी कार्कीलाई प्रहरीले गर्‍यो सार्वजनिक

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २७ भदौं । संखुवासभा मादी १ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको छ । संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयको प्राङ्गणमा पत्रकार सम्मेलन गरी कार्कीलाई सार्वजनिक गरेको हो ।

मृतकका नाताले भतिजो पर्ने २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । नेपाल प्रहरीले लामो अनुसन्धान गरेपछि अन्ततः मृतकका भतिजो नै दोषी ठहर गर्दै पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार लोकबहादुरले ठूलो बुबा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको गरेको स्वीकार गरेका छन् । आरोपी लोकबहादुरले हत्यामा चिरपर्टको प्रयोग गरेका थिए । चिर्पटले तेजबहादुरलाई पछाडिबाट टाउकामा हानेपछि उनको श्रीमती त्यछि बुहारी अनि नातिनी र नातीलाई हत्या गरेपछि अन्तिममा हजुरआमालाई हत्या गरेको स्वीकारेका हुन् । हजुरआमा बाहेक सबैलाई चिर्पटको मद्दतले हत्या गरेको हत्यारा लोकबहादुरले स्वीकार गरेका छन् ।

गत सोमबार ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...