विवादका कारण लावाखोला खानेपानी आयोजना अलपत्र परेको छ

 लिम्बुवान न्युज
                       

माेरङ्। लावाखोला खानेपानी उपभोक्त समितिको बिबाद चुलिएको छ । समितिको बिधान अनुशार २०७४ बैशाख देखि १ घर १ साधारण सदस्य प्रदान गर्ने ब्यवस्था बमोजिम साबिक टाँडी गा.बि.स का १ देखि ९ सम्मका वार्डहरुलाई आधार मानी खानेपानी आयोजनाले साधारण सदस्यता बितरण शुरु गरेको हो ।

सेवा क्षेत्रमा साबिक मधुमल्ला ४ को बक्राहा, कालिदह, जनजाति टोल, मधुमल्ला ५ को लालमाटि, खाकरबारी र कालिझोड गरि लगभग १४ सय घरधुरी यस खानेपानीको साधारण सदस्य रहेको पुर्व अध्यक्ष तेन्धङ मिभकले बताए ।

३६ करोड ५२ लाख ९२ हजार दुईसय छैसठ्ठी रुपया ८४ पैसा प्राबिधिक लागत स्टिमेट रहेको खानेपानी आयोजना पाँच बर्ष वितिसक्दा पनि हाल योजनाको काम भने १०% सम्म नभएको देखिन्छ स्थानीयवासी बताए छन ।

तत्कालीन २०७२/०६/२३ गते प्रारम्भिक सभाबाट भगिरथ अर्यालको संयोजकतामा उपाध्यक्ष चन्द्र कुमार लिम्बू, महासचिव सुरेश लुईटेल, सचिब खगेन्द्र मादेन गरि १३ सदस्यीय गठन गरि लावाखोलाको कामकारबाही अघि बडाए पनि यस समितिका प्रथम साधारणसभा २०७६/०६/११, १२ गते देखिनै बिबादास्पद बन्न पुग्यो । तत्कालीन अवस्थामा समितिका अध्यक्ष,कोषाध्यक्ष र सह–सचिव बाहेक अन्य पदाधिकारीहरुलाई निर्वाचन अधिकारीहरुबाट आधिकारिक प्रमाणपत्र नदिई अध्यक्ष भगिरथ अर्याललाई खातापाता बुझाई बिदा लिएपछि यस समितिमा बिबाद शुरुहुन थालेको भन्ने जानकारहरु बताउछन् ।

त्यहि बिबादको परिघट्ना सँगसँगै समितिभित्र अबिश्वासको वातावरण सृजना हुँदा अध्यक्ष भगिरथ अर्यालले पटकपटक पदबाट राजिनामा दिने अभिब्यात्ति दिईरहदा अन्य पदाधिकारीहरुले अध्यक्षको कार्यशैली माथि प्रश्न गर्दे आर्थिक पारदर्शिता हुनु पर्ने, एकलौटी निर्णयको छानबिन हुनुपर्ने, कोषमा रहेको रकमको स्पष्ट हिसाबकिताब हुनुपर्ने, सापटी दिएको नगद फिर्ता हुनुपर्ने अडान सहित जनप्रतिनिधि, राजनीति पार्टीका प्रतिनिधि सहितको भदौ २५ गते शुक्रबारको बैठकले निर्णय लिन नसकेपछि आगामी असोज १ गते बैठक राख्ने निर्णय गरेको छ ।

लावाखोला खानेपानी उपभोक्त समितिको साधारणसभामा विभिन्न जालझेल गरि आफु अध्यक्ष हुनु पर्नेमा जोड दिएर आम जनतालई आश्वाशन देखाएर १४ सय घरधुरीबाट असुलिएको पैसा र वडा, प्रदेश, केन्द्र देखि विनियोजन रकमको लेखाजोखा पार्दशिता नगरी आफु राजिनामा दिएर उम्किनु खोजेको पुर्व अध्यक्ष मिभकले आरोप लगाएका छन् ।

दस बर्षे कार्ययोजना भनिएको आज ५ बर्ष पुग्दानी १०% काम नभएको मिक्लाजुङ् र टांडीको विकासको बाधक नेकपा भएको भन्दै पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार मिभकले प्रश्न गरेका छन् ।

अध्यक्ष भगिरथ अर्यालले आफू मानसिक रुपमा,शारीरिक रुपमा पहिलो साधारणसभामा अध्यक्षमा रहने कुनै तयारी नभएको र तत्कालीन नेकपा का नेताहरुको दवाब कै कारणपनि आफू अध्यक्षको जिम्मेवार सम्हाल्न नसक्ने अध्यक्ष भगिरथ आर्यलले बताए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...