इजरायल जानलाई ६ हजारभन्दा बढीले भाषा परीक्षा दिए

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । सरकारले इजरायल जान इच्छुक ६ हजार भन्दा धेरै युवाहरुको भाषा परीक्षा लिएको छ । सोमबार काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा वैदेशिक रोजगार विभागले परीक्षा लिएको हो ।

परीक्षामा सहभागी हुन ९ हजार ६९९ जनाले आवेदन दिएकोमा ७ हजार ९ जनाले परीक्षाका लागि प्रवेश पत्र बुझेका थिए । परीक्षा सञ्चालन शान्तिपूर्ण तवरमा भएको विभागले जनाएको छ ।

योग्यता पुरा गरेर प्रवेशपत्र लिनेमा ३ हजार ७२७ पुरुष र ३ हजार २८२ जना महिला थिए । त्यसमध्ये परीक्षामा ६ हजार ३१७ जना सहभागी भएको र ६९२ जना अनुपस्थित रहेको विभागले जनाएको छ ।

उत्तरपुस्तिका ओएमआर प्रविधिबाट जाँच भएको हुँदा समय नतिजा आउन समय नलाग्ने बताइएको छ । परीक्षाबाट १६८० जनाले अन्तर्वार्ता दिनेगरी भाषा परीक्षाको नतिजा प्रकाशन हुनेछ ।

अन्तरबार्ताबाट १४ सय जनालाई लिइने त्यसपछि कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको छनोट गर्नेछ । छनोट प्रक्रिया सकिएपछि ७०० महिला र ३०० पुरुष इजरायल रोजगारको लागि जान पाउनेछन् । जाने श्रमिकले हप्ता ४२ घण्टा काम गर्नुपर्ने छ भने खानाको खर्च आफैंले गर्नुपर्ने बताइएको छ ।

शुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ । साथै इजरायल सरकारलाई बुझाउने पर्ने आयकर लगायतका कर पनि श्रमिक आफैले तिर्नुपर्ने हुन्छ ।

सरकारले ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका–२०७८’ जारी गरिसकेको छ । भिसाको शुल्क भने रोजगारदाताले तिर्ने बताइएको छ । तर, बीमा शुल्क, हवाईभाडा, अभिमुखीकरण शुल्क र कल्याणकारी शुल्क भने श्रमिकले नै तिर्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख भएको छ ।

इजरायल सरकारले यस अघि नै पाँच सय नेपाली श्रमिक लैजाने गरी २०७७ माघ ८ मा समझदारी गरेको थियो । (अनलाइन बाट)

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...