लिम्बुवान मेचीनगर १२ संयोजकमा ललित तुम्रोक, असोज ८ गते वडा अधिवेशन हुँदै

 लिम्बुवान न्युज
                       

मेचीनगर, २८ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल मेचीनगर १२ नम्बर वडाको संयोजकमा ललित तुम्रोक चयन भएका छन् । सोमबार मेचीनगरको चारआलीमा भएको भेलाले तुम्रोकलाई संयोजकमा चयन गरेको हो ।

मञ्चका महासचिव यलम्बर खम्बूको उपस्थितिमा भएको भेलाले असोज ८ गते वडा अधिवेशन गर्ने निर्णय भएको प्रान्तीय सदस्य नन्दुभाई मेन्याङ्बोले बताए । उक्त भेलामा प्रान्तीय सदस्य अरूणा जवेगु, झापा जिल्ला सदस्य नरेन्द्र कङलिवा र क्षेत्र नं. १ का सदस्य माया इजम काम्बाङकाे उपस्थिति रहेकाे थियाे ।

यसैगरी वडाअधिवेशन सम्पन्न गर्न संयोजक तुम्रोकसँगै सदस्यहरुमा विवेक साँबा, अनुप दाहाल, विरेन्द्र ताम्लिङतु गोबिन्द आङ्बुहाङ, डम्बरहाङ जवेगु र रण बहादुर थाम्सुहाङ् सदस्य रहने गरी अधिवेशन तयारी समिति समेत गठन भएको मेन्याङ्बोलाई लिम्बुवानखबरलाई जानकारी दिएका छन् ।

वडामा तिब्र रुपले क्रियासिल सदस्यता वितरणसँगै टोलटोलमा प्रशिक्षण, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्दै आगामी अधिवेशन सम्पन्न गर्ने समेत तयारी भईरहेको मञ्चका झापा जिल्ला उपाध्यक्ष अमित खम्बूले बताए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...