लिम्बुवान मञ्च सुनसरीले गर्‍यो क्रियासिल कार्ड वितरण शुरु

 लिम्बुवान न्युज
                       

धरान, २८ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, सुनसरी जिल्ला समितिले क्रियासिल सदस्यता वितरण आजबाट शुरु गरेको छ ।

आज (सोमबार) जिल्ला कार्यालयमा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङकाे प्रमुख आतिथ्यतामा जिल्ला अध्यक्ष अमर इजमलाई कार्ड हस्तान्तरण गर्दै जिल्ला समितिले कार्ड वितरण शुभाराम्भ गरेको हो ।

क्रियासिल सदस्यता वितरण कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष गुरुङ्ले पार्टीलाई संस्थागत गर्ने मूल मन्त्रनै क्रियासिल कार्ड भएको हुँदा जिल्ला मातहत रहेका सबै समिति र स्थानीय तहमार्फत चाडोभन्दा चाडो वितरण गर्न आग्रह गरेका छन् । उनले अब केही महिना भित्र नै मञ्चको राष्ट्रिय महाधिवेशन गर्ने पर्ने त्यसपछि लगत्तै स्थानीय तहको निर्वाचनमा सरिक हुनु पर्ने भएको हुँदा मञ्चलाई शसक्त र मजबुद बनाउन क्रियासिल कार्यवितरणलाई प्रभावकारी ढंगबाट अघि बढाउन सुनसरी जिल्ला समितिलाई निर्देशन दिएका छन् ।

त्यसैगरी कार्यक्रममा मञ्चका उपाध्यक्ष एवी पन्धाक, उपमहासचिव तथा संचारविभाग प्रमुख दिल कुमार लावती, प्रान्तीय सचिवहरु गजेन्द्रमान चोङबाङ्क्याक, भुपेन्द्र सुन्दर लावती, पूर्णकला तेयङ्, त्यसैगरी सचिवालय सदस्य तथा विद्यार्थी नेता सजन याक्खा, दलिम मुक्ति मञ्चका अध्यक्ष रमेश गजमेर लगायतका प्रान्तीय नेताहरुको समेत उपस्थिति रहेको थियो ।

आज जिल्ला कार्य समितिले पुरानो नविकरण र नयाँ क्रियासिल सदस्य गरी २५० को हाराहारीमा सदस्यतापत्र वितरण गरेको जिल्ला अध्यक्ष इजमले बताए । अब जिल्लाका सबै स्थानीय तह मार्फत वडा–वडा र टोल–टोलमा क्रियासिल सदस्यता वितरणलाई तिब्रता दिदैं आगामी दुई महिनाभित्रमा कम्तिमा १० हजार क्रियासिल सदस्यता पत्र जिल्लामा वितरण गर्ने याेजना रहेकाे अध्यक्ष इजमले बताए ।

सम्बन्धित समाचार

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...

लिम्बू थरगत (याक्थुङ सयङ) थुमको भेलाले १५ बुँदे निर्णय गर्यो सार्वजनिक

ललितपुर, २ मङ्सिर / लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म...

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...