आजबाट कक्षा १२ को परीक्षा शुरु हुँदै, कोरोना संक्रमितले भने पछि परीक्षा दिन पाउने व्यवस्था

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ३० भदौं। राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । बोर्डले सञ्चालन गर्ने परीक्षा विहान ११ बजे देखि शुरु हुने छ । परीक्षा आगामी असोज ८ गतेसम्ममा सक्ने बोर्डले जनाएको छ ।

दोस्रो चरणको कोरोना संक्रमणका कारण यसअघि बोर्डले दुई पटक जेठ २६ देखि असार ४ गतेसम्म र साउन ३१ देखि भदौ ९ गतेसम्म हुने भनिएको परीक्षा स्थगित गरकेो थियो ।

पौने चार लाख विद्यार्थीले १२ कक्षाको परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । बोर्डले देशव्यापी रुपमा होम सेन्टर तोकेर देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

कोरोना संक्रमितलाई पछि परीक्षा दिने व्यवस्था भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार नियमित परीक्षा सकिएपछि संक्रमित विद्यार्थीको लागि अर्को सूचना जारी गरिने बोर्डले जनाएको हो ।

परीक्षा केन्द्रमा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड अपनाउन वोर्डले निर्देशन दिएको छ । माक्स, सेनिटाइर र भौतिक दुरी अनिवार्य कायम गरेर मात्र परीक्षा लिन भनेको हो ।

यसैगरी इन्टरनेटको पहुँच भएको स्थानमा परीक्षा शुरु हुन आधा घन्टा अघि मात्रै प्रश्नपत्र पठाइने छ भने इन्टरनेटको पहुँच भएको स्थानमा परीक्षा शुरु हुन आधा घन्टा अघि मात्रै इमेलमार्फत प्रश्नपत्र पठाउने तयारी बोर्डले गरेको छ ।

इन्टरनेट नपुगेका १ सय १३ केन्द्रमाभने प्रश्नपत्र पठाइ सकिएको बोर्डले सूचना जारी गरेको छ ।

परीक्षा कार्यतालिका हेर्नुहोस्ः

सम्बन्धित समाचार

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

;