लिम्बुवान मञ्च लेटाङको तेस्रो नगर अधिवेशनबाट अध्यक्षमा निर्वाचित भए – किशोर राई

 लिम्बुवान न्युज
                       

लेटाङ्, ३० भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल लेटाङ् नगर अधिवेशनको तेस्रो अधिवेशन लेटाङमा सम्पन्न भएको छ । मञ्चका प्रान्तीय बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा लेटाङको गुवाबारीमा ऐतिहासिक अधिवेशन सम्पन्न भएको हो ।

लेटाङ् नगरको तेस्रो अधिवेशनले किशोर राईको अध्यक्षतामा २७ सदस्यीय नयाँ समिति निर्विचित भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा हंस मगर, उपाध्यक्ष दिनेश लिम्बु, सचिवहरुमा शेर सिं लिम्बु, राम माखिम र लक्ष्मी मिभक, अर्थसचिवमा खगेन्द्र खजुम, सह–सचिवहरुमा लालध्वज लिम्बु, पदम चेम्जोङ र नविना राई चयन भएका छन् ।

यस्तैगरी सदस्यहरुमा फटिकराम साँवा, याम नेम्बाङ, जीवन चेम्जोङ्, निरज लावती, झलक लिम्बु, बुद्धिमान वि.क., विजय तुम्रोक, जंग चेम्जोङ, गोविन्द चेम्जोङ, लक्ष्मी लिम्बु, हरेन्द्र राई, नरकुमार लिम्बु, हरी चेम्जोङ, देवेन्द्र माखिम, पूर्ण लावती, प्रकाश योङहाङ, चन्द्र लिङदम र भिमराज लिम्बु निर्वाचित भएका छन् । महिला उपाध्यक्ष लगायत थप सदस्यहरु आगामी पहिलो बैठकले थप गर्ने समेत नवनिर्वाचित अध्यक्ष राईले बताएका छन् ।

प्रमुख अतिथि बरिष्ठ उपाध्यक्ष गुरुङ्ले कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकलाई परिवर्तन गर्न र नयाँ आन्दोलनबाट देशको शासनसत्ता संचालन गर्न बनेको एक मात्र पार्टी नै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा सम्बद्ध १०+१ प्रान्तीय मञ्च रहेको बताए । संसारमा दुईवटा मात्र वादहरु पुँजीवाद र साम्यवादले मात्र देश अघि बढ्छ भन्नेहरु बिरुद्ध मञ्च आएको जिकीर गर्दै गुरुङले भने अब मुलुक परिवर्तन संघीयवादले मात्र हुने बताए । कोशी सम्झौता, गण्डकी सम्झौता गर्ने कांग्रेस र कम्यूनिष्ट कहिल्यै हुन नसक्ने स्पष्ट पारे । देशलाई खोक्रो बनाएर संसारलाई मागीखाने भाडो बनाउने, भिखारीको देश बनाउने पुँजीवादी र साम्यवादीहरुको पछि कहिल्यै लाग्न नसक्ने बताए । नेपालको सबै जातीहरुको पक्षमा उभिएको एकमात्र पार्टी मञ्चको नेता गुरुङ् भने । हामी बाहुन बिरोधी होईनौ हामी त एकात्मकवादको बिरोधी हौं गुरुङ्ले स्पष्ट पारे ।

गुरुङ्ले अबको चुनावमा पार्टीलाई निर्वाचनमा निर्वाचत गर्न सबै पहिचानको पक्षमा लड्नेहरु पहिचानवादीहरु एकजुट भएर अघि बढ्ने । राज्यसँग भएका सम्झौताहरुको सरकारले सम्बोधन गर्नु पर्ने उपाध्यक्ष गुरुङ्ले बताए । लेटाङले मञ्चलाई विभिन्न आन्दोलनमा मद्दत गरेको हुँदा लेटाङ् लिम्बुवानको अभिन्न अङ्ग भएको बताए । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता स्वीकार्ने सबैसँग सहकार्य गर्ने मञ्चले हिजो देखि नै प्रतिबद्धता गरेको बताए । नेता गुरुङ्ले लिम्बुवान, खम्बुवान प्रान्त बनेपछि त्यहाँ भित्र राज्यको पुनःसंरचना भई विशेष स्वायत्त क्षेत्र अथवा राज्यहरु हुने बताए ।

मञ्चका प्रान्तीय उपमहासचिव तथा संचारविभाग प्रमुख दिलकुमार लावतीले मन्तव्यको क्रममा देशको पुनः संरचना गरिएको ७ प्रदेशको पुनःसंख्या गरिनु पर्ने बताए । मञ्चको १६ बर्षे राजनीति पृष्ठभूमिले देशमा परिवर्तन सम्भव हुने बताए । १६ बर्षको दर्वियानमा राज्य व्यवस्था परिवर्तनको निमित्त कयौं सडक आन्दोलन गरेर सदनसम्म पुग्ने एकमात्र पहिचानको पक्षमा निरन्तर वकालत गर्ने पार्टी मञ्चलाई लेटाङको लाल किल्ला बनाउन स्थानीय लेटाङवासीलाई आव्हान गरेका छन् ।

मञ्चका सचिवालय सदस्य चौकीदार तामाङ्ले यो देशको शासनपद्दती एकल नश्चलीय भई यहाँका आदिवासी जनजातिलाई शैय नभएको हुँदा त्यहाँ पुग्न शासकीय पदती परिवर्तन खोजीएको लिम्बुवानमा लिम्बु नेताहरु अवसरवादी भई अन्य जातीका नेताहरुले पार्टी परिवर्तन नगर्ने तर लिम्बु नेताहरु विभिन्न पार्टीमा विलय भई १७ पार्टी डुल्ने प्रवृत्ति अन्त्य गर्ने पर्ने बताए । लिम्बुहरुले लिम्बुवान प्राप्त गर्न जेठो दाजुको भूमिका खेल्नु पर्ने तर पार्टी नै छाडेर भान्नेहरु प्रति कटाक्ष गरेका छन् ।

मञ्चका सचिवालय सदस्य ललित सुब्बा फक्ताङलुङ फोब्बाले मञ्च बोटविरुवा एकैचोटी ठूलो हुँदै टुसा पलाएर उम्रिन्दै गरेको अब जवान हुन लागेको बताए । कांग्रेस एमालेहरुले २००७ सालदेखि २०४७ सालसम्म लामो युद्ध लडेर मात्र पार्टी स्थापना भएको स्मरण गर्दै नेता फोब्बाले भने केन्द्रमा बसेका नेताहरुले मात्र दुःध खाई रहने हामी चाही घाँस मात्र लगाई रहनु पर्ने भन्दै ब्यङ्ग्य गरेका थिए । हामीलाई दवाईको, विभेद भएको छ, के सयौं थुङ्गा फुलका हामी हौं भने पहिचान सहितको अधिकारहरु अट्नु पर्ने बताए । अब आउने पुस्ताका नानीहरुले आफ्नो भाषा, लिपि, संस्कृति, संस्कार दवाईको प्रति आपत्ती प्रकट गरेका छन् ।

मञ्चका जिल्ला अध्यक्ष दिलु लिङ्देन लावतीले आज किन सडक र सदन आन्दोलन गरेका हौ त, आन्दोलनको क्रममा शहिद बनाएका छौं, जो लिम्बुवान प्राप्तिको लागि शहिद बनेका हुन् । कांग्रेस र एमाले जस्ता एकात्मकवादी पार्टीहरुले ल्याएका पुँजीवाद र साम्यवादले नेपालको क्रान्ति परिवर्तन भएन, उनीहरु सत्ता र कुर्सी मोहमा मात्र नेताहरु लागेको आरोप लगाए । सत्ता निर्माणमा मात्र उनीहरु लागेको बताए । उनीहरुले कहिल्यै जनताको निमित्त राजनीति नगरेको जिकीर गर्दै नेपाली जनताहरुलाई भ्रमको खेती गर्दै मजदुर र किसानको मतले सत्तामा पुगेर अहिले ठूलो पार्टीहरु फुट्ने क्रममा शुरु भएको हो । अब पनि ति दलाल एकात्मकवादी पार्टीहरुलाई भोट हाल्नु भनेको आफ्नो खुट्टामा आफै बन्चुरो हान्नु भएको बताइन् । उनले भनिन् यतिबेला नेपालमा कोरोनाले हजारौं नेपाली जनताहरु बेरोजगार बनेका छन्, हजारौं जनताको मृत्युमा पनि सरकार चुप लागेको आरोप लगाइन् । उनले थपिन् नेपाली जनतालाई खोप लगाउन नसकेको, अस्पतामा ३० ३५ लाख खर्च गर्दा पनि विरामीको मृत्यु भएकोमा सरकारकै कमजोरी भएको आरोप लगाइन् । नेतृ लावतीले अब पनि नेपाली जनताले सही मुद्दा र एजेन्डा बोकेपार्टी रोज्न आग्रह गरिन् ।

त्यसैगरी कार्यक्रममा मोरङ् बरिष्ठ उपाध्यक्ष जीवन खेवा लिम्बु, उपाध्यक्ष सुमन चेम्जोङ् लगायत नेताहरुलाई लिम्बुवान स्वायत्तता प्राप्तिले मात्र मुलुकको स्थायी शान्ति र दिगो विकास हुने बताउँदै अब पनि पुरानो पार्टीहरुको झण्डा बोकेर पहिचान र संघीयता स्थापना कहिल्यै स्थापना हुन सक्ने बताए । अबको विकल्प भनेकै पहिचान सहितको संघीयता भएको हुँदा बैंकल्पिक शक्तिको रुपमा विगत १६ बर्ष देखि उदाएको पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च सहित १०+१ प्रान्तीय मञ्चमा आबद्ध भई अघि बढ्न अनुरोध गरेका छन् ।

तेस्रो अधिवेशनको खुल्ला सत्र कार्यक्रमलाई किशोर राईले सभाध्यक्षता गरेका थिए । खुल्लासत्र कार्यक्रमलाई राम लिम्बुवले स्वागत मन्तव्य थिए भने संचालन सचिव सेरसिङ् लिम्बु गरेका थिए । कार्यक्रममा २५० जनालाइ क्रियासिल कार्ड समेत वितरण गरिएकाे जिल्ला ब. उपाध्यक्ष जीवन खेवाले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...