प्रेससंगठन माईपश्चिम संयोजकमा लामा

 लिम्बुवान न्युज
                       

दमक । प्रेस संगठन नेपाल झापाले माईपश्चिम तदर्थ कमिटी गठन गरेको छ । बिहीबार झापाको दमकमा आयोजित एक भेलाले डिकेश लामाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन भएको हो ।

त्यसैगरी नवगठित समितिको सह–संयोजकमा लोकनाथ रिजाल रहेका छन् । त्यस्तै, सदस्यहरूमा प्रेम यम्फू राई, गोमा घिमिरे, गोविन्द ल्वागुन, सुमित भण्डारी र सविन खतिवडा रहेका छन् । संगठनका झापा संयोजक झुलन रेग्मीको अध्यक्षतामा भएको भेलामा संगठनका केन्द्रिय सदस्य तथा भेलाका प्रमुख अतिथि विमल लामिछानेले संगठनले नगठित समितिलाई पत्रकारको क्षमता विकासका लागि काम गर्न निर्देशन दिएका छन् ।

संगठनका प्रदेश नं. १ उपाध्यक्ष डण्डिराज घिमिरेले कार्यक्रमको औचित्य बारे प्रकाश पारेको उक्त भेलालार्ई संगठनका जिल्ला सचिव उद्धव पुरीले सञ्चालन गरेका थिए । संगठनले झापामा संगठन विस्तारलाई तीव्रता दिएको बताएको छ ।

अब संगठन वितास्तार अभियान अन्तर्गत मेचीनगर, बिर्तामोड र भद्रपुरमा पनि चाँडै क्षेत्रिय कमिटी गठन गर्ने सचिव पुरीले बताए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...