द एभरेष्टको १०औं साधारणसभा सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, ३१ भदौं। झापाको दमक–६ मा मुख्य कार्यालय रही संचालनमा रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो १०औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

कोरोना महामारीका कारण यसवर्ष पनि सहकारीले प्रतिनिधिमूलक ढंगले आफ्नै भवनको सभाहलमा साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाका व्यवस्थापक नवराज बाँस्तोलाले जानकारी दिएको जानकारी अनुसार साधारणसभा समापनका क्रममा संस्थाको अध्यक्ष दिपक खरेलले बार्षिक प्रतिवेदन र लेखा संयोजक राजकुमार न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन बन्दसत्रले सुझावसहित पारित गरेको छ ।

अध्यक्ष खरेलले बार्षिक प्रतिवेदन पेश गर्दै सहकारीले सदस्य केन्द्रित आर्थिक कारोवारसंगै सदस्यका सुविधाका लागि ३ लाखसम्मको दुर्घटना विमा, १८ प्रकारका घातक रोगहरुको उपचारमा सहयोग, प्राकृतिक प्रकोप राहत, सदस्यको मृत्युभए अन्त्येष्टि तथा काजकिरीया गर्न रु. २१ हजार आर्थिक सहयोग, ज्येष्ठ सम्मान, सदस्य परिवारका कक्षा १२ उत्तीर्ण जेहेन्दार विद्यार्थीलाई छात्रवृति लगायतका कार्यक्रम सञ्चालन हँुदैआएको जानकारी दिए ।
त्यसैगरी संस्थाले हाल झापाको केर्खा, विर्तामोड, सुरुङ्गा र बुधबारेमा सेवा केन्द्रहरु संचालन गरिरहेका बताएका छन् भने चालू आर्थिक वर्षमा दूधे, धुलाबारी र मोरङको उर्लाबारीमा पनि सेवा केन्द्रहरु विस्तार गर्ने गृहकार्य भईरहेको जनाए ।

साधारणसभा कार्यक्रमका प्रमुख दमक–५ का वडाध्यक्ष इन्द्र गुरुङले दमकमा रहेको द एभरेष्ट सहकारी संस्थाले विधिसम्मत र व्यवस्थित ढंगबाट काम गरेकाले नै अहिलेको सफलता हासिल गरेको साथै आगामी दिनमा पनि सहकारीका नियम, सिद्धान्त र कार्यक्रमहरुलाई सफलतापूर्वक सञ्चालन गर्ने बताए ।

गत भदौ २८, २९ र ३० गते सबै सेवा केन्द्रका शेयर सदस्यहरुलाई वार्षिक प्रतिवेदन वितरण गरी साधारणसभामा सहभागी गराएर सम्पन्न भएको संस्थाले जानकारी दिएको छ ।

साधारणसभा कार्यक्रममा संस्थाका सल्लाहकार समितिका संयोजक समेत रहेका संस्थापक अध्यक्ष रुद्रप्रसाद तिम्सिना र सदस्य दुर्गाप्रसाद शिवाकोटी, सचिव ज्ञाननाथ पौडेल (ज्ञानु), कोषाध्यक्ष यामजी श्रेष्ठ, सञ्चालक सदस्य, विभिन्न उपसमितिका संयोजक, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संस्थाका सेवा केन्द्र इन्चार्ज धर्मानन्द भट्टराईले गरेका थिए ।

७२ करोड बराबरको कारोवार
कोरोना महामारीका बीच गएको वर्ष ७१ करोड ८१ लाख २२ हजार ६२४ रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यस्तै, संस्थाको शेयर पुँजी ६ करोड ६५ लाख २२ हजार ४ सय, निक्षेप ५८ करोड ५९ लाख ४१ हजार ४३४ र ऋण लगानी ६० करोड ५१ लाख २५ हजार ६३ रहेको उल्लेख गरिएको छ ।यसैगरि संस्थाले सरकारलाई आयकरवापत ४ लाख ६६ हजार ९८ रुपैया बुझाउनुका साथै ७७ लाख ६६ हजार ३ सय ७ रुपैया खुद मुनाफा गरेको छ । संंस्थामा हाल ७ हजार ६ सय बढी शेयर सदस्यहरु रहेका छन् ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...