दमक स्रष्टा छापाखानाले मनायो विश्वकर्मा पूजा

 लिम्बुवान न्युज
                       

दमक, १ असोज । करिब दुई दशक देखि दमकमा स्थापित दमक स्रष्टा छापाखानाले आज विश्वकर्मा पूजा मनाएको छ । २०५८ सालमा दमक ८ मा यो छापाखाना स्थापना भएको थियो । हाल दमक ६ मा रहेको यो छापाखाना दमक कै नमूना छापाखाना पनि हो ।

भूटान सरकारबाट खेदिएका नेपाली भाषी मध्येका एक याम थुलुङ् दमकका चिरपरिचित व्यक्तित्व हुन् । विशेष गरेर साहित्यमा बढी समय व्यतित गर्नुहुने थुलुङ्ले यो पेशा अंगाल्नु भएको पनि दुई दशक पार गरिसकेका छन् । सामान्य स्कृन प्रिन्टबाट शुरु भएको दमक स्रष्टामा हाल करिब १ करोड लगानी भई सकेको थुलुङ् बताउँछन् ।

विभिन्न आरोह अवरोहहरुसँग खेल्दै जुध्दै यहाँसम्म आइ पुगेका थुलुङ्को छापाखानामा झापा, मोरङ्, इलाम र पाँचथरबाट प्रकाशन गर्न आउने गरेको उनी बताउँछन् । एक दर्जन युवाहरुलाई रोजगारी दिईरहेका थुलुङ्ले असोज १ गते मनाईने विश्व कर्मपुजाका दिन सदाको बर्ष झै यो बर्ष पनि दमक स्रष्टा छापाखानाले धुमधाम मनाएको छ ।

हसिलो मुहारका मेहनेती थुलुङ्को व्यवसायिक यात्रा निरन्तर अघि बढोस् शुभकामना ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...