दमक, १ असोज । लिम्बुवानी जनजागरण गीत ‘उठ दिदीबहिनी’ अडियोमा सार्वजनिक भएको छ । निर्देशक, कलाकार, लेखक, साहित्यकार तथा गीतकार बहुप्रतिभाका धनी सागर केरुङको शव्द तथा संगीतमा सजिएको नारी जनजागरण गीत ‘उठ दिदिबहिनी’ को अडियो सार्वजनिक भएको हो ।
लिम्बुवान सम्बन्धि विभिन्न गीतहरु रेकर्डिङ भई रहँदा बिल्कुलै नारी जागरण भएको पहिलो गीत गायिका अम्बिका राईको ‘उठ दिदिबहिनी’ बिहिवार याक्थुङ फिल्मस युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
मनी ताम्लिङको संगीत संयोजन रहेको गीतलाई प्रताप लोवा, पुर्ण लावती, विशाल राई र मिङ्सो आङ्देम्बेको संयुक्त लगानीमा निर्माण भएको हो । मातृभूमि बचाउनलाई लिम्बुवान आन्दोलनमा नारीहरुको पनि भूमिका हुनुपर्ने गीतले भन्न खोजेको छ ।
बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...
दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...
ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...
दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् । मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...