दमक, १ असोज । लिम्बुवानी जनजागरण गीत ‘उठ दिदीबहिनी’ अडियोमा सार्वजनिक भएको छ । निर्देशक, कलाकार, लेखक, साहित्यकार तथा गीतकार बहुप्रतिभाका धनी सागर केरुङको शव्द तथा संगीतमा सजिएको नारी जनजागरण गीत ‘उठ दिदिबहिनी’ को अडियो सार्वजनिक भएको हो ।
लिम्बुवान सम्बन्धि विभिन्न गीतहरु रेकर्डिङ भई रहँदा बिल्कुलै नारी जागरण भएको पहिलो गीत गायिका अम्बिका राईको ‘उठ दिदिबहिनी’ बिहिवार याक्थुङ फिल्मस युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
मनी ताम्लिङको संगीत संयोजन रहेको गीतलाई प्रताप लोवा, पुर्ण लावती, विशाल राई र मिङ्सो आङ्देम्बेको संयुक्त लगानीमा निर्माण भएको हो । मातृभूमि बचाउनलाई लिम्बुवान आन्दोलनमा नारीहरुको पनि भूमिका हुनुपर्ने गीतले भन्न खोजेको छ ।
ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...
दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...
बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...
इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...
हाम्रो बारेमा
प्रकाशक:
माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–१, झापा
सूचना विभाग द.नं. २१४६/०७७-७८
सम्पर्क ठेगाना
ईमेल
Limbuwan.khabarnews@gmail.com
विज्ञापन शाखा
९८४४६५८८४४
हाम्रो टीम
प्रवन्ध निर्देशक/प्रधान सम्पादक
दिल कुमार लावती
९८४४६५८८४४/९८२४०१२१८२