जसपा संविधान दिवस कार्यक्रममा सहभागी नहुने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २ असाेज । सत्तारुढ दल जनता समाजवादी पार्टीले यसवर्षको संविधान दिवसको कार्यक्रममा सहभागी नहुने बताएको छ ।

शनिबार अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै संविधान विभेदकारी भएको हुँदा त्यहाँ भएका अधुरा अपुरा प्रावधानका कारण आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा सहभागी नहुने स्पष्ट पारेको हो ।

‘२०७२ असोज ३ गते जारी गरिएको संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण लगायतका प्रावधान अझैपनि अधुरो र अपूर्ण भएको स्पष्ट पार्दै संविधानमा धेरै धाराहरु संघीयताको मर्म विपरित विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिई विरोध गर्ने’ अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष यादवले विज्ञप्तिमा भनेका छन् –‘संविधानमा रहेका विभेदकारी एवं त्रुटीपूर्ण प्रावधानहरुलाई हटाई संविधान संसोधन गरिनु पर्दछ । संसोधनका लागि देशका प्रमुख स्थानहरुमा अन्तरक्रिया गर्दै संविधानमा रहेका विभेदकारी प्रावधानको बारेमा आम जनसमुदायलाई जानकारी गराउन पनि गरि गरी सच्याउनका लागि समेत अन्य राजनीतिक दल तथा संघसंगठनहरुलाई आव्हान गरिन्छ ।’

नेपालको संविधान २०७२ ले आदिवासी जनजाति, मधेसी, खस, दलित, थारु, मुस्लिम, अल्पसंख्याक समुदाय, महिला साथै उत्पीडित जातजाति एवं समुदायले उठाउँदै आएको राष्ट्रिय मुद्दालाई सम्बोधन नगरेको विज्ञप्तिमा अध्यक्ष यादवले बताएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

;