जसपा संविधान दिवस कार्यक्रममा सहभागी नहुने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २ असाेज । सत्तारुढ दल जनता समाजवादी पार्टीले यसवर्षको संविधान दिवसको कार्यक्रममा सहभागी नहुने बताएको छ ।

शनिबार अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै संविधान विभेदकारी भएको हुँदा त्यहाँ भएका अधुरा अपुरा प्रावधानका कारण आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा सहभागी नहुने स्पष्ट पारेको हो ।

‘२०७२ असोज ३ गते जारी गरिएको संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण लगायतका प्रावधान अझैपनि अधुरो र अपूर्ण भएको स्पष्ट पार्दै संविधानमा धेरै धाराहरु संघीयताको मर्म विपरित विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिई विरोध गर्ने’ अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष यादवले विज्ञप्तिमा भनेका छन् –‘संविधानमा रहेका विभेदकारी एवं त्रुटीपूर्ण प्रावधानहरुलाई हटाई संविधान संसोधन गरिनु पर्दछ । संसोधनका लागि देशका प्रमुख स्थानहरुमा अन्तरक्रिया गर्दै संविधानमा रहेका विभेदकारी प्रावधानको बारेमा आम जनसमुदायलाई जानकारी गराउन पनि गरि गरी सच्याउनका लागि समेत अन्य राजनीतिक दल तथा संघसंगठनहरुलाई आव्हान गरिन्छ ।’

नेपालको संविधान २०७२ ले आदिवासी जनजाति, मधेसी, खस, दलित, थारु, मुस्लिम, अल्पसंख्याक समुदाय, महिला साथै उत्पीडित जातजाति एवं समुदायले उठाउँदै आएको राष्ट्रिय मुद्दालाई सम्बोधन नगरेको विज्ञप्तिमा अध्यक्ष यादवले बताएका छन् ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...