‘मुकुम्लुङ् लुङा ए’ पालामको छायाँकन सम्पन्न

 लिम्बुवान न्युज
                       

काठमाडौ । लिम्बू भाषाको पालाम गीत ‘मुकुम्लुङ् लुङा ए’ को म्युजिक भिडियोको छायाँकन सम्पन्न भएको छ । शनिबार काठमाडौंस्थित तारेभीर, गोगर्ण लगायत स्थलहरुमा भिडियोको छायाङ्कन भएको हो ।

यस भिडियोलाई हाङ चेम्जोङले निर्देशन गरेका छन् । त्यसैगरी इन्द्रमाया निङ्लेकुको शब्द, तिर्शना नेम्बाङको लय संकलन, इसाक जबेगुको छायांकन, सुनिता किरातीको शृङ्गार रहेको छ । सुमधुर स्वरका धनी थोक्प्फेला लिङ्देन र पालाममा पछिल्लो समय उदाएका चर्चित सुमन लिम्बुको स्वर रहेको छ ।

पालाममा थोक्फेला लिङ्देन, सुमन लिम्बू, इन्द्र सुशील चोङ्बाङ, शृजना जबेगु, गंगा गियाक, जेपि नेम्बाङ, भिम थेबे, एबि आङ्देम्बे, लोकमायाँ पालुङ्वा, बिना पालुङ्वा, डिगेन्द्र सेर्मा, बिक्रम नुगो, तानाम तान्छो लावती, नरकुमारी सेर्मा, सरिता लावती, बिबस नेम्बाङ् लगायतले अभिनय गरेका छन् ।

पछिल्लो पुस्तामा भाषा संस्कार तर्फ निक्कै नै आर्षण बढेसँगै पालाम तर्फ पनि धेरै गायक गायिकाहरुले आफ्नो आवाज कैद गर्न थालेको निर्देशक तथा लेखक सागर केरुङ् बताउँछन् ।

सम्बन्धित समाचार

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...