क्यान्सर पिढीत सलिनाद्वारा सहयोगको अपिल

,   लिम्बुवान न्युज
                       

मिक्लाजुङ्, ३ असोज । मोरङको मिक्लाजुङ ३ निवासी सलिना सम्बाहाम्फे लिम्बुले उपचारको लागि अपिल गरेकी छिन् । प्रसादसिंह सम्बाहाम्फे र कृष्णकुमारी लिम्बुकी ३१ बर्षिया कलिलो उमेरमै पाठेघर क्यान्सरबाट पिढीत सम्बाहाम्फेले आर्थिक अभावका कारण सहयोगको अपिल गरेकी हुन् ।

बिगत १ बर्ष देखि क्यान्सर जस्तो प्राणघात रोगसँग लडिरहेकी लिम्बुको हाल नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्दी, ललितपुरमा उपचार भईरहेको बुबा प्रसादसिंहले बताए ।

बुबाका अनुसार छोरीको उपचारमा भएको जायजेथा गरी करिब ८ लाखको हाराहारीमा खर्च भईसकेको बताए । थप १३ देखि १५ लाख रुपैयाँ खर्च लाग्ने चिकित्सकहरुले भनेपछि सहयोगको अपिल गरिएको बुबा बताउँछन् । सामान्य किसान परिवारका प्रसादसिंहले भने कलिलै उमेरमा छोरीलाई क्यान्सर हुनुले आर्थिक अवस्था नाजुक भएको कारण छोरीको उपचारमा थप समस्या पर्ने भएको हुँदा सबै आफन्त एवम् समाजसेवीह र प्रवासमा रहेकाहरु माझ सहयोगको अपिल गर्न बाध्य भएको बताए ।

जिवनमा केही गर्ने सपना बोकेकी सलिना आफ्नो स्वास्थ्य यस्तो भएपछि सहयोगको अपिल गर्नु भएको अर्को विकल्प नभएको वताउँछिन् । आफू चाँडै निको हुने प्रतिबद्धताका साथ रोगसँग लडिरहेकी सलिनालाई सेवा नै धर्म हो भनी सहयोगी भावना भएकाहरुलाई सहयोग मागेकि छन् ।

सहयोग गर्नका लागि विरामी सलिना सुब्बा नामको ग्लोबल आईएमई बैंक गोंगबु शाखा काठमाडौंको खाता नम्बर ३५०७०१०२५१८४६ मा पैसा जम्मा गर्नुसक्नु हुनेछ । अथवा मोवाईल नम्बर ९८१९३८८९७० मा विरामीलाई सिधै सम्पर्क गर्न सक्नु हुनेछ । अथवा विरामीका आफन्त समीर सुब्बाको मोवाईल नम्बर ९८१७०५४२०९ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;