किरात धर्मगुरु आत्मानन्द प्रवल जनसेवाश्रीद्वारा विभूषित

 लिम्बुवान न्युज
                       

दमक, ३ असोज/किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ्’ राज्यद्धारा प्रदान हुने प्रसिद्ध प्रवल जनसेवाश्रीबाट विभूषित हुनु भएको छ ।

राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई नेपाल सरकारले प्रदान गर्ने विभूषण, अलङ्कार र पदक वितरण गर्ने क्रममा यस वर्ष किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङलाई प्रसिद्ध प्रवल जनसेवाश्री प्रदान गरिएको हो ।

संविधान दिवसको अवसरमा नेपाल सरकारले वितरण गरेको मानपदवी, अलंकार र विभूषण वितरणका लागि नेपाल सरकारले गत भदौ २९ गते सिफारिस गरे अनुसार धर्मगुरु आत्मानन्द सेइङलाई प्रसिद्ध प्रवल जनसेवाश्री प्रदान गरिएको हो ।

वि.स. २०११ साल मंसिर १८ गते इलामको इभाङमा जन्मिनुभएका किरात धर्मगुरु आत्मानन्द सेइङले किरात धर्म, भाषा, लिपि, साहित्य, संस्कार तथा संस्कृतिको उत्थान र संरक्षण गर्दै समाज सुधारको लागि गर्नुभएको त्याग र तपस्या किरात जातीहरुको निम्ति ठूलो त्याग भएको हुँदा गुरुज्यूको सम्मानमा सरकारले सम्मान गरेको किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगीमले सामाजिक संजालमा उल्लेख गरेका छन् । सरकारले धर्मगुरु सेइङको आध्यात्मिक मार्गबाट सत्य, अहिंसा, विश्व शान्ति र मानव एकताको लागि गर्नुभएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै प्रसिद्ध प्रवल जनसेवाश्रीबाट सम्मानित हुनुभएकोमा किरातधर्मावलम्बीहरु हर्ष विभोर भएको उनले बताएका छन् ।

सरकारले संविधान दिवसका विभिन्न व्यक्तित्वहरुलाई विभिन्न मानपदवी, अलंकार र विभूषण प्रदान गरेको छ । मानपदवी, अलंकार र विभूषण राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा विभूषण प्रदान गर्नु हुनेछ ।

 

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;