लिम्बुवान मञ्च उर्लाबारी नगरको कार्यालय उद्घाटन, पथरीशनिश्चरेमा क्रियासिल वितरण आजबाट शुरु

 लिम्बुवान न्युज
                       

उर्लाबारी, ४ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल उर्लाबारी नगर समितिको कार्यालय उद्घाटन गरिएको छ । मञ्चका प्रान्तीय उपमहासचिव तथा संचार प्रमुख दिल कुमार लावतीले ब्यानर पढेर कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यलय उद्घाटन कार्यक्रमका प्रमुख अतिथि उपमहासचिव लावतीले पानसमा बत्ती बालेर उद्घाटन गर्दै उर्लाबारी नगरलाई नमूना नगर बनाउने लक्ष्यका साथ अघि बढेका नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले भने मूलुकमा संघीयता नै खतरा पर्ने अवस्था वर्तमान राज्य शासकहरुको तिकडमले भईरहेको हुँदा त्यसको खबरदारी गर्न पनि संघीय मञ्चले तल्लो इकाईबाट शुरु गर्ने पर्ने बताए ।

उनले भने –जबसम्म घर निर्माण पूर्व जग निर्माणलाई ध्यान दिएर खनिदैन घर बलियो हुन सक्दैन त्यसैले पार्टीको मुख्य मेरुदण्ड भनेकै वडा–वडामा संगठन चुस्तदुरुस्त बन्नु हो । वडाहरुमा जनप्रतिनिधि स्थापित गर्न नसकेको लोकतन्त्रमा पार्टीहरु स्थायी हुन नसक्ने नेता लावतीले जिकीर गरेका छन् ।

त्यसैगरी उक्त कार्यालय उद्घाटन कार्यक्रममा मञ्चका सचिवालय सदस्य रामचन्द्र थापा मगर, प्रान्तीय सदस्य हरिराज खिम्दीङ्, पहिचान सदस्य सुर्य खजुम, मोरङ जिल्ला अध्यक्ष दिलु लिङदेन, सचिव बरुण लाबुङ्, सचिवालय सदस्य रामकुमारी लिम्बुलगायत नेताहरुले कार्यालय उद्घाटनमा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम उर्लाबारी नगर समितिका अध्यक्ष चन्द्र पालुङवाको सभाध्यक्षतामा भएको थियो भने संचालन नगर सचिव अन्जु लिङदेनले गरेकी थिइन् । कार्यक्रममा नगरसमितिलाई क्रियासिल कार्ड वितरण गर्दै क्रियासिल कार्ड वितरण समेत उर्लाबारी नगरले शुभारम्भ गरेको छ ।

यसैगरी आज नै संघीय लिम्बुवान मञ्च, नेपाल पथरीशनिश्चरे नगर समितिले पनि क्रियासिल कार्ड वितरण कार्यक्रमलाई शुरु गरेको छ । मञ्चका उपमहासचिव दिलकुमार लावतीको उपस्थितिमा क्रियासिल सदस्यता कार्ड वितरण गरिएको हो । कार्ड वितरण कार्यक्रममा प्रान्तीय सदस्य धनप्रसाद साँवा, जिल्ला अध्यक्ष दिलु लिङदेन लावती लगायत जिल्ला नेताहरुको सहभागीता रहेको थियो ।

पथरीशनिश्चरेले आज एकै दिन ४ सय जनालाई क्रियासिल कार्ड प्रदान गरेको छ । लिम्बुवान मञ्च मोरङ जिल्लाले आगामी असोज १६ गतेको जिल्ला सम्मेलन लक्षित कार्यक्रमलाई व्यापकता दिएको अध्यक्ष लिङदेनले वताएकी छन् ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...