चुम्लुङ यूके अध्यक्षमा नरवीर आङबो निर्वाचित

 लिम्बुवान न्युज
                       

अल्डरसट, ५ असोज । २०४६ सालमा स्थापना भएको लिम्बु जातीको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा नरवीर आङ्वो निर्वाचित भएका छन् । लोकतान्त्रिक प्रक्रियाबाट अन्य तीन प्रत्यासीहरूलाई भारी मतले पराजित गरेपछि उनी दसौँ कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचितः नरवीर आङ्वो

गत शनिबार बिहान सुरु भएर आइतबार मध्यरातसम्म चलेको चुम्लुङ यूकेको दसौँ महाधिवेशनले आङ्वोको नेतृत्वमा ११ सदस्यीय पदाधिकारी निर्वाचित गरेको छ । विधानअनुसार चुम्लुङको पदािधकारीहरू महाधिवेशनबाट र केन्द्रीय सदस्यहरू शाखा अधिवेशनबाट पठाइएपछि अनुमोदन गरिन्छ । चुम्लुङ यूकेमा १६ शाखाहरू रहेका कारण केन्द्रीय समितिको आकार २७ सदस्यीय रहनेछ ।

यसअघि उपाध्यक्षका रूपमा काम गरेका आङ्वोले अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएका वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङ, उपाध्यक्ष दुर्गा पाङ्मा र ग्रेटर लन्डन सिनियरका निवर्तमान शाखा अध्यक्ष पूर्ण बोखिमलाई भारी मतले पराजित गरेका थिए । मतदानमा कुल ५८१ मत खसेको थियो । जसमध्ये चार मत बदर भएका थिए । विजयी रहेका आङ्वोले ३५० मत प्राप्त गरेका थिए । प्रारम्भमा पाँच जनाले सर्वोच्च पदका लागि दाबेदारी दिए पनि अर्का प्रत्यासी नर थाम्सुहाङले मतदान हुनुअघि उम्मेदवारी फिर्ता लिएका थिए ।

दसौँ कार्यकालका लागि निर्वाचित पदाधिकारीहरु

चार उपाध्यक्ष पदका लागि पनि आठ जनाले प्रतिस्पर्धा गरेका थिए । भारी मत पाएर अमृता पालुङ्वा, खगेन्द्र लाओती र सन्त हुक्पा चोङवाङ विजयी रहे । निवर्तमान महासचिव गणेश इजम र यदुचन्द्र लाओतीको मत बराबर भएपछि दुवैले आधा आधा कार्यकाल सम्हाल्ने गरी उपाध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा छत्र वनेम, विजय लिङ्थेप र धन काम्वाङ पनि प्रतिस्पर्धामा थिए ।

त्यसैगरी, महासचिवमा जुरेन्द्र खजुम निर्वाचित भए । सचिव पदमा भने तारा कन्दङ्वा निर्वाचित भएका थिए । सहसचिवमा पुनः दोस्रो कार्यकालका लागि सानु सब्बाले जिम्मेवारी पाएकि छन्् । कोषाध्यक्षमा भने दीपेन्द्र यक्सो र सहकोषाध्यक्ष पदमा जीवन प्यारा मादेन र नरप्रसाद सवेन्हिम यसअघि नै निर्विरोध रुपम निर्वाचित भइसकेको नव निर्वाचित उपाध्यक्ष यदुचन्द्र लावतीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...