प्रदेश नम्बर १ मा कोरोना संक्रमण दर शुन्य तर्फ झर्दै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ५असोज । प्रदेश नम्बर १ मा कोरोना संक्रमणदर शून्य तर्फ झर्दै गएको तथ्याङ्क प्राप्त भएको छ । वितेको २४ घण्टामा १४ वटै जिल्लामा संक्रमणदर घट्दै गईरहेको हो ।

प्रदेशको उदयपुर, भोजपुर, तेह्रथुम, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, ताप्लेजुङ र पाँचथर जिल्लामा अहिले संक्रमण शुन्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा यो समयमा २१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टीजेन परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले भनको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९४, सुनसरीमा ३८, मोरङमा ३३ मध्ये विराटनगरमा १७, इलाममा दुई, धनकुटामा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश १ मा पछिल्लो तथ्याङ् अनुसार कोरोना सङ्क्रमणबाट एक महिलासहित तीनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...