
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
विराटचोक, ५ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल सुन्दरहरैचा नगरको अध्यक्षमा रामु चिलिक्चम लिम्बु निर्वाचित भएका छन् । सुन्दरहरैचाको आदिवासी जनजाति समन्वय परिषदको सभाहलमा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा लिम्बु अध्यक्षमा निर्वाचित भएका हुन् ।
मंगलबार आयोजित कार्यक्रमले अध्यक्ष चिलिक्चमसँबै बरिष्ठ उपाध्यक्षमा कृष्णमाया लिङदेन, उपाध्यक्षमा भिमप्रसाद पन्धाक, सचिवमा सुर्य इधिङ्गो, सह–सचिवमा वीर बहादुर पारघरी लिम्बु त्यसैगरी अर्थसचिवमा कुल बहादुर खिम्दीङ् निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा होम प्रसाद इस्बो, काली बहादुर साम्सोहाङ, नन्दहाङ साम्सोहाङ, शिवप्रकाश आङ्बुहाङ लिम्बु, पूर्ण केदेम, टेक बहादुर लिम्बु, सन्जु लिबाङ लिम्बु र चन्द्र प्रसाद लिबाङ् निर्वाचित भएका छन् ।
बरिष्ठ उपाध्यक्ष गुरुङले नवनिर्वाचित कार्यसमितिलाई सफत खुवाँउदै सफल कार्यकालको शुभकामना तथा बधाई दिदैं मञ्चमा एक सफल अभिभावकत्व ग्रहण गर्दै सुन्दरहरैचा नगरलाई साच्चिकै पहिचानमय बनाउन अनुरोध गरेका छन् । पहिचानविरोधीहरुको किल्ला भएको यो नगरलाई पहिचानवादीहरुको लाल किल्ला बनाउन उनले जोड दिएका थिए । लिम्बुवानमा मात्र मञ्च समिति नरहेर देशव्यापी आन्दोलनसँगै राजनैतिक अभियानमा अघि बढिसकेको हुँदा अब सुन्दरहरैचाबाट सबै जागरुक भई पहिचान आन्दोलनसँगै लिम्बुवान प्राप्तिको आन्दोलनमा अघि बढन कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष गुरुङ्ले बताएका हुन् ।
यसैगरी कार्यक्रममा मञ्चका प्रान्तीय उपमहासचिव दिल कुमार लावती, पहिचान सदस्य दुखाराम माझी थारु, जिल्ला अध्यक्ष दिलु लिङ्देन लावती, बरिष्ठ जि. उपाध्यक्ष जिवन खेवा लिम्बु, सचिवालय सदस्य रामकुमारी लिम्बु लगायत नेताहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम सुन्दरहरैचा नगरसमितिका अध्यक्ष खगेन्द्र लिम्बुले गरेका थिए भने कार्यक्रमको संचालन जिल्ला सचिव बरुण लाबुङ्ले गरेका थिए । त्यसैगरी स्वागत मन्तव्य महिला नेतृ कृष्णमाया लिङ्देनले गरेकी थिइन् । उक्त अधिवेशन कार्यक्रममा दुई सयजनालाई क्रियासिल सदस्यता पत्र वितरण समेत गरिएको थियो ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...