लिम्बुवान मञ्चको सुन्दरहरैचा नगर अध्यक्षमा रामु चिलिक्चम निर्वाचित

 लिम्बुवान न्युज
                       

विराटचोक, ५ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल सुन्दरहरैचा नगरको अध्यक्षमा रामु चिलिक्चम लिम्बु निर्वाचित भएका छन् । सुन्दरहरैचाको आदिवासी जनजाति समन्वय परिषदको सभाहलमा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा लिम्बु अध्यक्षमा निर्वाचित भएका हुन् ।

मंगलबार आयोजित कार्यक्रमले अध्यक्ष चिलिक्चमसँबै बरिष्ठ उपाध्यक्षमा कृष्णमाया लिङदेन, उपाध्यक्षमा भिमप्रसाद पन्धाक, सचिवमा सुर्य इधिङ्गो, सह–सचिवमा वीर बहादुर पारघरी लिम्बु त्यसैगरी अर्थसचिवमा कुल बहादुर खिम्दीङ् निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा होम प्रसाद इस्बो, काली बहादुर साम्सोहाङ, नन्दहाङ साम्सोहाङ, शिवप्रकाश आङ्बुहाङ लिम्बु, पूर्ण केदेम, टेक बहादुर लिम्बु, सन्जु लिबाङ लिम्बु र चन्द्र प्रसाद लिबाङ् निर्वाचित भएका छन् ।

बरिष्ठ उपाध्यक्ष गुरुङले नवनिर्वाचित कार्यसमितिलाई सफत खुवाँउदै सफल कार्यकालको शुभकामना तथा बधाई दिदैं मञ्चमा एक सफल अभिभावकत्व ग्रहण गर्दै सुन्दरहरैचा नगरलाई साच्चिकै पहिचानमय बनाउन अनुरोध गरेका छन् । पहिचानविरोधीहरुको किल्ला भएको यो नगरलाई पहिचानवादीहरुको लाल किल्ला बनाउन उनले जोड दिएका थिए । लिम्बुवानमा मात्र मञ्च समिति नरहेर देशव्यापी आन्दोलनसँगै राजनैतिक अभियानमा अघि बढिसकेको हुँदा अब सुन्दरहरैचाबाट सबै जागरुक भई पहिचान आन्दोलनसँगै लिम्बुवान प्राप्तिको आन्दोलनमा अघि बढन कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष गुरुङ्ले बताएका हुन् ।

यसैगरी कार्यक्रममा मञ्चका प्रान्तीय उपमहासचिव दिल कुमार लावती, पहिचान सदस्य दुखाराम माझी थारु, जिल्ला अध्यक्ष दिलु लिङ्देन लावती, बरिष्ठ जि. उपाध्यक्ष जिवन खेवा लिम्बु, सचिवालय सदस्य रामकुमारी लिम्बु लगायत नेताहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम सुन्दरहरैचा नगरसमितिका अध्यक्ष खगेन्द्र लिम्बुले गरेका थिए भने कार्यक्रमको संचालन जिल्ला सचिव बरुण लाबुङ्ले गरेका थिए । त्यसैगरी स्वागत मन्तव्य महिला नेतृ कृष्णमाया लिङ्देनले गरेकी थिइन् । उक्त अधिवेशन कार्यक्रममा दुई सयजनालाई क्रियासिल सदस्यता पत्र वितरण समेत गरिएको थियो ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...