फाल्गुनन्द साकोसमा लिङ्देन र चाम्लिङ् चुनावी मैदानमा, चाम्लिङद्वारा चुनाव जित्ने अवधारणपत्र सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, ६ असोज । झापाको दमक ६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको भोलि बिहीबार दशौं साधारण सभा तथा नयाँ नेतृत्वको लागि चौथो अधिवेशन हुँदैछ । दमक–८ को कस्मिक पार्टी प्यालेसमा हुने वार्षिक साधारण सभा तथा अधिवेशनमा दुई प्यानल सञ्चालक समितिको चुनावीमा उत्रिएका छन् ।

संस्थाका निर्वतमान अध्यक्ष संकल्प लिङदेन र उपाध्यक्ष महेन्द्र चाम्लिङ राईले संहकारी संस्थामा आ–आफ्नो उम्मेद्वारी प्रस्तुत गर्दै चुनावी मैदानमा होमिएका हुन् । लिङदेनले अध्यक्षसहित ९ सदस्यीय सञ्चालक समिति र तीन सदस्य लेखा समितिको टिम बनाएर निर्वाचनको अन्तिम तयारीका साथ प्रचार प्रसारमा जुटेका छन् । अध्यक्ष लिङ्देन पुनः अर्को कार्यकालको लागि आफू स्पष्ट बहुमतका साथ चुनाव जित्ने प्रतिबद्धताका साथ चुनावी मैदानमा होमिएको छन् ।

बुधबार दमकमा पत्रकार सम्मेलन गर्दै संस्थाका उपाध्यक्ष चाम्लिङले अध्यक्ष पदमा र जीतेन लिम्बुले सचिव पदमा उम्मेद्वारी दिएको स्पष्ट पारेका छन् । अध्यक्ष पदका प्रत्यासी चाम्लिङ्ले दुई पदमा नेतृत्व लिने कसरत गर्दै अवधारणपत्र सार्वजनिक गरेका छन् ।

अध्यक्ष पदका प्रत्यासी चाम्लिङ्ले आफ्नो उम्मेद्वारीबारे एक अवधारणापत्र सार्वजनिक गर्दै सहकारी संस्थाको स्थापनाकालदेखि संस्थागत विकास, गतिशीलता र प्रवर्ध्दनमा महत्वपूर्ण भूमिका खेल्दै आएकाे हुँदा सहकारीको संस्थागत सुशासन र दिगो विकासका निम्ति आफू निरन्तर जुटिरहेका बताउँदै शेयर सदस्यहरुलाई आफूलाई मतदान गर्न अनुरोध गरेका छन् ।

स्पष्टबक्ता चाम्लिङले फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको संस्थागत सुशासन र पारदर्शिताप्रति सञ्चालक समितिलाई चेतावनी र शेयर सदस्यहरुलाई सचेत गराउँदै आएका छन् । प्रत्यासी चाम्लिङले संंस्थाको बिगतको कार्यकालमा आर्थिक व्यवस्थापन, सुशासन र पारदर्शितामा प्रश्न उठाउदै आएपनि त्यस विषयमा संस्था गम्भिर बन्न नसकेको औल्याएका छन् ।

 

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...