लिम्बुवान मञ्चको रतुवामाइ नगर अध्यक्षमा लेखबहादुर थत्लुङ् निर्वाचित

 लिम्बुवान न्युज
                       

उर्लाबारी, ६ असोज । मोरङको रतुवामाई नगरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । मञ्चका प्रान्तीय उपमहासचिव दिलकुमार लावतीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

आजको प्रथम अधिवेशनले लेखबहादुर थत्लुङ् लिम्बु (शंखर)को अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको छ । निर्वाचित नयाँ कार्य समितिको उपाध्यक्षमा कमानसिंह थोप्रा, सचिवमा शिखर खोयाङ लिम्बु, सह–सचिवमा शुक्र बहादुर इङ्नाम र अर्थसचिवमा लिलावती पोमू निर्वाचित भएका छन् । यस्तैगरी सदस्यहरुमा क्रमशः पूर्ण बहादुर थाङ्देन, चन्द्र बहादुर कन्दङवा, शुक्र बहादुर धिमाल, दिनेश पयाङ्गो लिम्बु, अनिसा कुरुम्बाङ् लिम्बु र छत्रसेन थोप्रा लिम्बु निर्वाचित भएका छन् ।

यसरी नै आजै लिम्बुवान भोलेन्टियर्स प्राईमरी कमाण्डर मदन लिम्बुको कमाण्डमा ७ सदस्यीय प्राइमरी कमाण्ड गठन भएको छ । कमाण्डको एलभीहरुमा मदन टंक बहादुर राउत, अरुण वनेम लिम्बु, राजकुमार हुक्पाचोङ्बाङ्, सुन्दरसेन लिम्बु, सागर लिवाङ लिम्बु र उमेश कुमार लिम्बु रहेका छन् ।

निर्वाचित सम्पूर्ण कार्य समितिलाई पार्टीको विधान अनुसार सफत गराउँदै प्रमुख अतिथि लावतीले पहिचान सहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएमात्र संघीयताले पूर्णता पाउने बताएका छन् । उनले भनेका छन् जबसम्म यो देशका एकात्मक राज्य सत्ताका नाइकेहरुले हालीमुहाली गरिरहन्छन् तबसम्म संघीयताले पूर्णता नपाउने सधै भ्रष्टचार भईरहने छ । त्यसैगरी राज्यको पुनःसंरचना गरेर १० प्रान्त र १ गैरभौगोलिक प्रान्त भएको नयाँ संरचनामा देश जानु पर्ने र यहाँका सबै जाती वर्गलाई समानुपातिक समावेशी ढंगबाट अवसर राज्यले दिनुपर्नेमा उपमहाचिव लावतीले जोड दिएका छन् ।

मोरङ् जिल्लाको सबै पालिकाहरुमा मञ्चले शसक्त रुपमा आफ्नो संगठन विस्तार र सुदृढिकरण गर्दै लगेरहेकोमा मोरङ् जिल्लालाई धन्यवाद दिदै लावतीले भने जबसम्म एकात्मक ठूला भनाउँदा पार्टीहरुको झण्डा बोकेर आफ्नो अस्तित्वलाई मेटाउने तर्फ लागिरहन्छ तबसम्म देशमा आमूल परिवर्तन नहुने तर्क गर्दै भनेका छन् बरु हामी मर्न चाहन्छौं तर शरीरमा एकथोप रगत रहिन्जेल पहिचान, संघीयता र सह–अस्तित्वको लागि लड्न तयार रहेको बताए ।

कार्यक्रमलाई लिम्बुवान भोलेन्टियर्सका सिनियर के. उपकमाण्डर गणेश मिभक त्यसैगरी जिल्ला अध्यक्ष दिलु लिङदेन लावती र उर्लाबारी नगर अध्यक्ष चन्द्र पालुङवाले प्रथम अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सभाध्यक्षता नवनिर्वाचित अध्यक्ष लेखबहादुर थत्लुङले गरेका थिए भने संचालन मञ्चका मोरङ् जिल्ला सचिवालय सदस्य बल बहादुर लिम्बुले गरेका थिए भने स्वागत मन्तव्य छत्रसेन थोप्राको रहेको थियो । यसैगरी कार्यक्रममा सहभागीलाइ किृयासिल सदस्यतापत्र समेत वितरण गरिएकाे थियाे ।

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;