नेकपा (एकीकृत समाजवादी)को पदाधिकारीमा १८ जना, को–को भए पदाधिकारी ?

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ७ असोज । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले पदाधिकारीको नाम टुङ्गो लगाएको छ । अध्यक्षको प्रस्तावमा केही हेरफेर हुँदै १८ सदस्यीय पदाधिकारी टुंगो लागेको हो ।

कार्य विभाजनमा अध्यक्ष माधवकुमार नेपालपछि झलनाथ खनाल बरिष्ठ नेता छन् भने उपाध्यक्षहरुभन्दा माथि मुकुन्द न्यौपानेलाई नेताको रुपमा तेस्रो वरियतामा राखिएको एकीकृत समाजवादी पार्टी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उपाध्यक्षमा ७ जना, महासचिव १, उपमहासचिव ३, सचिव ४ जना गरि १८ सदस्यीय पदाधिकारी चयन भएका छन् ।

अध्यक्ष माधव नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, नेता मुकुन्द न्यौपाने, उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह, जयन्ती राई, घनेन्द्र बस्नेत, केदार न्यौपाने र केशवलाल श्रेष्ठ चयन भएका छन् । त्यसैगरी महासचिवमा बेदुराम भुसाल चयन भएका छन् ।

उपमहासचिवहरुमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन् । त्यसैगरी सचिवहरुमा जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री चयन भएका छन् ।

केही प्राविधिक त्रुटि हुनेभएपछि केही नेताहरुलाई पदाधिकारीमा व्यवस्थापन गरिएको पार्टी स्रोतले बताएको छ ।

त्यसैगरी एकीकृत समाजवादीले ३५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । त्यस्तै ७१ सदस्यीय पोलिटब्युरो र पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...