काउन्सिलले पहिलो पटक गर्‍यो अंग्रेजी पुस्तक ‘इयर बुक’ को प्रकाशन

 लिम्बुवान न्युज
                       

काठमाडौं । प्रेस काउन्सिल नेपालले पहिलो पटक अंग्रेजी वर्ष पुस्तक ‘इयर बुक’ को प्रकाशन गरेको छ । काउन्सिलको ५२ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति भवन शितल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बुक सार्वजनिक गरिन् ।

‘इयर बुक’ मा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था, नेपाली मिडियामा गलत सूचनाका कारण आचारसंहिता र विश्वसनीयतामा चुनौती, कोभिड–१९ले पत्रकारितामा ल्याएको सङ्कट, नेपालमा प्रेस स्वतन्त्रताको अवस्थाको दृश्यावलोकन, नेपाली मिडियामा सामाजिक विविधता र आचारसंहिता, मिडियामा महिलाको उपस्थिति लगायतका १४ वटा विषयमा अनुसन्धानमूलक लेख रहेका छन् ।

कार्यक्रममा कानुनमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले काउन्सिल पत्रकारहरुको अभिभावकीय संस्था भएको भन्दै ‘इयर बुक’ प्रकाशनले थप परिपक्वता देखाएकोमा खुशी व्यक्त गरे । उनले समयानुकूल पत्रकारिताको विकासका लागि काउन्सिलले गरेको कामको प्रशंसा गरे ।

नेपाली पत्रकारिताका विभिन्न घटना, चुनौती, समस्या र समाधानका उपायहरूसहितको पहिचान गराउने अभिप्रायले अङ्ग्रेजी वर्ष पुस्तक ‘इयर बुक’ को प्रकाशन थालिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए । “नेपालको मिडियाबारे यो नै पहिलो ‘इयर बुक’ हो, यसमा मिडिया क्षेत्रका विभिन्न विज्ञहरूले महत्वपूर्ण विषयमा अनुसन्धानमूलक प्रस्तुति राखेका छन्”– अध्यक्ष बस्नेतले भने । ‘इयर बुक’ लाई लक्ष्मणदत्त पन्त, लिलाराज उपाध्याय र कमलदेव भट्टराईले सम्पादन गरेका छन् । (आजको रातोपाटीबाट)

सम्बन्धित समाचार

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...