लिम्बुवान सामाजिक मञ्च यूकेको रशमुर शाखा अध्यक्षमा थान कुमान नाल्बो निर्वाचित

 लिम्बुवान न्युज
                       

बेलायत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समिति यूकेको रशमुर शाखाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार यूके रशमुरको एम्पायर बाङ्क्विटिङ हलमा आयोजित कार्यक्रमले थान कुमान नाल्बोको अध्यक्षतामा रशमुर शाखा गठन भएको हो ।

त्यसैगरी समितिको उपाध्यक्षहरुमा भक्तिहाङ नेम्बाङ लिम्बु, सन्तोष फावेन लिम्बु चयन हुनुभएको छ भने सचिवमा बचन लिम्बु हुक्पा चोङबाङ, सह–सचिवमा सेसेहाङ इवा लिम्बु, अर्थसचिवमा दिलीप लिम्बु आङ्बुहाङ, सह–अर्थसचिव बिष्णुमान राई देवान निर्वाचित भएका छन् । यसरी नै सदस्यहरुमा क्रमशः देउमान तेयुङ लिम्बु, गणेश साम्बाहाङ्फे लिम्बु, भक्त राई र श्री चन्द्र राई हुनु हुन्छ । त्यसैगरी सल्लाहकारहरु धनकुमार नेम्बाङ, हिन्दु प्रसाद लिम्बु र तेजप्रकाश लाओती मनोनयन भएका छन् ।

लिम्बुवान सामाजिक मञ्च यूके प्रवासका केन्द्रीय उपाध्यक्ष नरबहादुर कुरुम्बाङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा, केन्द्रीय महासचिव राम इजम, वेस्ट लण्डन शाखा अध्यक्ष हेम तुम्बापोको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता हिन्दु प्रसाद लिम्बुले गरेका थिए ।

 

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...