लिम्बुवान सामाजिक मञ्च यूकेको थरक ग्रेज शाखा अध्यक्षमा हरिप्रथम फोम्बो

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ११ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति यूकेको थरक ग्रेज शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ ।

शनिबार यूके प्रवास अध्यक्ष टंक खापुङको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनले हरिप्रथम कुरुम्बाङ्को अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो ।

नवगठित कार्य समितिको उपाध्यक्षहरुमा पदमबहादुर यक्सो, निर्मला लावती अन्छङ्बो, सचिव श्रीमती दिलमाया आङबुहाङ खापुङ, सचिजमा युजेन लावती, अर्थसचिवमा सुर्यकुमारी यक्सो, सह–अर्थसचिवमा रेशम यक्सो चयन भएका छन् । यसैगरी सदस्यहरुमा तारा यङहाङ कुरुम्बाङ, पुष्पा फोम्बो लिम्बु, शुक्रराज खापुङ, नन्दकुमार खापुङ, गजेन्द्र फोम्बो र अर्जुन तुम्बाहाम्फे रहेका छन् । त्यसैगरी समितिमा थप सदस्यहरु थप्दै लाने जनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि यक्सोले नयाँ कार्य समितिलाई सफथग्रहण गराउँदै बधाई तथा शुभकामना व्यक्त गरेका थिए । यसैगरी कार्यक्रमका अर्का अतिथि यूके प्रवास उपाध्यक्ष शर्मिला यक्सो चोङबाङ्ले नवनिर्वाचित समितिलाई शुभकामना मन्तव्य राख्दै बधाई दिएका थिइन् ।

उक्त कार्यक्रम कृष्ण कुमार कुरुम्बाङ्को सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...