पाँचथरको कुम्मायक गाउँपालिकाले प्रयोगमा ल्यायो श्रीजंगा लिपि

 लिम्बुवान न्युज
                       

पाँचथर, ११ असोज। पाँचथरको कुम्मायक गाउँपालिकाले देवनागरिक र श्रीजंगा भाषा लिपि प्रयोगमा ल्याएको छ । गाउँपालिकाको नवौं गाउँसभाबाट पारित नीति तथा कार्यक्रम मार्फत पारित गरिएको भाषा लिपिलाई सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा देवनागरिक र श्रीजंगा भाषा लिपि कार्यान्वयमा ल्याउन लागेको हो ।

गाउँ सभाबाट पारित भएको दुबै भाषा लिपिलाई गाउँपालिकाको शाखागत कार्यालय, गाउँपालिमा दर्ता भएका सरकारी तथा गैरसरकारी संस्थाको कार्यालयमा अनिवार्य रुपमा नेवनागरिक र श्रीजंगा लिपि कार्यान्वयमा ल्याएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ बताए । सोमबार कुम्मायक १ नं वडा कार्यालयको देवानागरिक र श्रीजंगा लिपिको उत्घाटन गर्दै चेम्जोङले अब सबै वडा कार्यालय र सरकारी कार्यालयमा दुबै लिपिबाट लिपिबद्ध भएका होर्डिङ बोर्ड राख्न निर्देशन दिएका छन् ।

सो अवसरमा कुम्मायक १ नम्बर वडाअध्यक्ष देबेन्द्रकुमार लावती, कार्यापालिका सदस्य उर्मिला निरौला, वडा सदस्य इन्द्रमाया नेपाली, प्रेमराज राई र वडा सचिव राजेश चापागाई लगायतको सहभागिता रहेको थियो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८÷०७९ को देवनागरिक र श्रीजंगा लिपिलाई गाउँ सभाबाट पारित गरी पहिलो पटक १ नम्बर वडामा लागु गरेको छ ।

सम्बन्धित समाचार

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

;