लिम्बुवान मञ्च केराबारी २ को वडाध्यक्षमा सुजन खजुम निर्वाचित

 लिम्बुवान न्युज
                       

सिंहदेवी, १२ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल केराबारी २ वडा समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्को प्रमुख आतिथ्यतामा सिंहदेवी बिहीबारे सेवारो होटलको सभाहलमा सुजन खजुमको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति निर्वाचित भएको हो ।

मंगलबार आयोजित अधिवेशनले अध्यक्ष खजुमसँगै उपाध्यक्षमा लाल बहादुर लिम्बु र दुर्गामाया लावती, सचिवमा अशोक आचार्य, सह–सचिवमा हेमकुमार तुम्सा र अर्थसचिवमा सुस्मा राई लिम्बु निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा वीरु लिम्बु, किशान लिम्बु, सिर्जन लिम्बु, ख्याम लिम्बु चेम्जोङ, हरि तुम्सा, रुपमान लावती, सनम मुसाहाङ, दिपेश लिम्बु र अमिल लिम्बु रहेका छन् । थप सदस्यहरु पहिलो बैठकले थपेर समिति पूर्णता दिने बताइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङ्ले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेका थिए । लिम्बुवान आन्दोलन समग्र पहिचानवादीहरुको आन्दोलन भएको हुँदा जबसम्म लिम्बुवान प्रान्तको स्थापना हुन सक्दैन मूलकको संघीयता कार्यान्वयन शंकास्पद हुने उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि प्रान्तीय उपमहासचिव तथा संचार विभाग प्रमुख साथै मोरङ जिल्ला इन्चार्ज दिलकुमार लावती, मोरङ् अध्यक्ष दिलु लिङ्देन लावती, बरिष्ठ उपाध्यक्ष जीवन खेवा, सचिव बरुण लाबुङ्, मोरङ सचिवालय सदस्य रामकुमारी लिम्बु, धनुकटा जिल्ला सदस्य आराम कुमार खजुम लगायत नेताहरुले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी उक्त कार्यक्रममा लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय उपकमाण्डरहरु जीवन चेम्जोङ, पूर्ण खेवा, मञ्चका धनकुटा जिल्ला सदस्य श्रीमान् खजुम त्यसैगरी सामाजिक व्यक्तित्वहरु अग्नी प्रसाद लिम्बु, भिम बहादुर लिम्बु र चन्द्रकुमार लिम्बुको समेत उपस्थिति रहेको थियो ।

केराबारी २ नम्बर वडाअध्यक्ष गणेश लावतीको सभाध्यक्षतामा भएको कार्यक्रममा डिल्ली लिम्बुले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन सचिव विमल चेम्जोङ्ले गरेका थिए ।

 

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...