खाती बने दमक सुनचाँदी ब्यवसायी संघको अध्यक्ष

 लिम्बुवान न्युज
                       

दमक, १२ असोज। दमकका पुराना स्थापित सुनचाँदी ब्यवसायी काशीराम विश्वकर्मा (खाती) संघको दमक अध्यक्षमा निर्वाचित भएका छन् । दमकका सामाजिक तथा ब्यवसायीक अगुवा खाती दमक सुनचाँदी व्यवसायी संघको छैंठौ अधिवेशनबाट अध्यक्षमा चयन भएका हुन् ।

मंगलबार दमक ५ स्थित संघको आफनै कार्यालयमा सम्पन्न छैठौ अधिबेशनले खातीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरको छ ।

सर्वसम्मत गठित समितिको उपाध्यक्षमा पुष्पलाल गजमेर, सचिवमा चन्द्र गजमेर, सह–सचिवमा उमेश गजमेर र कोषाध्यक्षमा हेमसागर अधिकारी चयन भएका छन् । यसैगरि सदस्यहरुमा जितबहादुर गजमेर,नन्दबिर ल्वागुन, विवेक बिक लामगाँदे, अजितकुमार शंकर, रुपक सापकोटा, रोहितबहादुर विश्वकर्मा, विश्वनाथ नेपाल, सुष्मा निरौला केसी निर्वाचित भएका छन् ।

यसैवीच नवनिर्वाचित अध्यक्ष खातीले आफुलाई जिम्मेवारी दिने सबैप्रति आभार प्रकट गर्दे व्यवसायिक हकहितको निम्ती काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;