विश्वासिलो सहकारीको १०औं बार्षिक साधारणसभा तीनदिनसम्म संचालन हुने

 लिम्बुवान न्युज
                       

दमक, १३ असोज/विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले १०औं बार्षिक साधारणसभा तिन दिनसम्म सञ्चालन हुने भएको छ । कोरोना (कोभिड–१९) को बढ्दो जोखिम यथावत रहेको भन्दै संस्थाले १०औं बार्षिक साधारणसभा असोज १५, १६ र १७ गतेसम्म गर्ने भएको हो ।

संस्थाका अध्यक्ष अशिम राईका अनुसार विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको १०औं बार्षिक साधारणसभा तिन दिनसम्म गर्ने र त्यसका लागि सदस्यहरुलाई जानकारीसहित पत्राचार गरिएको छ ।

दमक–६ हाईबे लाईनमा अवस्थित सहकारी संस्थाले बढ्दो सक्रमणबाट सावाधानी अपनाउदै साधारणसभालाई औपचारिकतामा मात्रै सिमित राखेर प्रतिवेदनलाई सार्वजनिक गरिने र सदस्यहरुबाट आवश्यक राय र सुझाव संकलन गरिने अध्यक्ष राईले बताए ।

संस्थाको कार्यालयमा सम्पन्न हुने बार्षिक साधारणसभामा सहभागि हुने सदस्यहरुले अनिवार्य मास्क र सेनिटाइजरसहित भौतिक दुरी कायम गरिनुपर्ने प्रावधानको व्यवस्था गरिएको अध्यक्ष राईले जानकारी गराउनुभयो ।

तिन दिनसम्म आयोजना गरिएको साधारणसभामा सहभागि हुने सदस्यहरुका लागि विहान ११ बजेबाट ४ बजेसम्म प्रतिवेदन वितरण गरिने छ ।

स्थानीय युवा उद्यमी र सामाजिक अगुवाहरुले सञ्चालनमा ल्याएको सहकारी संस्थाले दमकलाई मुख्य कार्यक्षेत्र बनाएको छ । संस्थामा तिन हजार सदस्यहरु छन् ।

सम्बन्धित समाचार

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...