विश्वासिलो सहकारीको १०औं बार्षिक साधारणसभा तीनदिनसम्म संचालन हुने

 लिम्बुवान न्युज
                       

दमक, १३ असोज/विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले १०औं बार्षिक साधारणसभा तिन दिनसम्म सञ्चालन हुने भएको छ । कोरोना (कोभिड–१९) को बढ्दो जोखिम यथावत रहेको भन्दै संस्थाले १०औं बार्षिक साधारणसभा असोज १५, १६ र १७ गतेसम्म गर्ने भएको हो ।

संस्थाका अध्यक्ष अशिम राईका अनुसार विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको १०औं बार्षिक साधारणसभा तिन दिनसम्म गर्ने र त्यसका लागि सदस्यहरुलाई जानकारीसहित पत्राचार गरिएको छ ।

दमक–६ हाईबे लाईनमा अवस्थित सहकारी संस्थाले बढ्दो सक्रमणबाट सावाधानी अपनाउदै साधारणसभालाई औपचारिकतामा मात्रै सिमित राखेर प्रतिवेदनलाई सार्वजनिक गरिने र सदस्यहरुबाट आवश्यक राय र सुझाव संकलन गरिने अध्यक्ष राईले बताए ।

संस्थाको कार्यालयमा सम्पन्न हुने बार्षिक साधारणसभामा सहभागि हुने सदस्यहरुले अनिवार्य मास्क र सेनिटाइजरसहित भौतिक दुरी कायम गरिनुपर्ने प्रावधानको व्यवस्था गरिएको अध्यक्ष राईले जानकारी गराउनुभयो ।

तिन दिनसम्म आयोजना गरिएको साधारणसभामा सहभागि हुने सदस्यहरुका लागि विहान ११ बजेबाट ४ बजेसम्म प्रतिवेदन वितरण गरिने छ ।

स्थानीय युवा उद्यमी र सामाजिक अगुवाहरुले सञ्चालनमा ल्याएको सहकारी संस्थाले दमकलाई मुख्य कार्यक्षेत्र बनाएको छ । संस्थामा तिन हजार सदस्यहरु छन् ।

सम्बन्धित समाचार

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...